Posts

Showing posts from November, 2021

'नकुँदिएका हिरा'को गौरव

Image
भूमिराज पिठातोली वैशाख ८ , २०७८ मा न्युज कारोबार डटकममा प्रकाशित      कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वरमा रहेको ‘ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् , यी हातले सधैँ-सधैँ नेपाल लेख्न पाइयोस् ’ भन्ने गीत हरेक स्वाभिमानी नेपालीको कानमा गुञ्जिरहन्छ । गीतमा भनेजस्तै बिहान उठ्नेबित्तिकै हिमालको दर्शन गर्न पाइने नेपालजस्तो मुलुकहरु विश्वमा कमै होलान् । जहाँ बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्यले पनि हिमालकै छेउबाट स्वागत र बिदाई गर्छ । नेपालका केही सहरले त हिमालको काखमै रहेर हिमालकै मुस्कानसँग प्रिय अनूभूति गरिरहेका छन् । संसारकै अग्ला हिमचुलीहरुले पनि हरबखत मुस्कुराएरै स्वागत गरिरहन्छन् । हिमाली हावासँगै चियाको चुस्कीमा स्वर्णिम र अविश्मरणीय अनुभूति सँगाल्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु हिमालको फेदसम्म पुग्छन् । पोखराबाटै हेर्ने हो भने पनि सफा मौसममा त अन्नपूर्ण , माछापुच्छ्रे , धौलागिरी लगायतका हिमाल २४सै घण्टा मुस्कुराइरहन्छन् । बिहान , दिउँसो मात्रै नभई रातमा चन्द्रमाको प्रकाशले पनि हिमालहरु ‘ हिरा ’ झैँ टल्किरहन्छन् । यस्तै ‘ हिरा ’ को अवलोकनका ल