Posts

Showing posts from May, 2021

मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ

Image
  न्युज कारोबार डटकममा कार्तिक २३, २०७७मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मुलुककै अमूल्य सम्पदा बोकेको एउटा जिल्ला हो बझाङ । बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीय स्थलहरू छन्, जहाँ पुग्दा हरेक मानिस नयाँपन महसुस गर्छ । बझाङमा एउटा सानो टोल छ, कान्छीगाउँ, जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।  खप्तडछान्ना गाउँपालिका ५ मा पर्ने पिठातोलाले कान्छीगाउँको उपमा पाएको हो । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला 'बझाङभित्रको बझाङ'जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेका काठमाडौँबासी पुग्दा, घरैघर तथा टोलटोलमा मन्दिर देखेर हुनसक्छ, पिठातोलालाई ‘कान्छी गाउँ’को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।  मष्टामाडौँ  मष्टामाडौँ (मन्दिर) पिठातोलाबासीका कुल देउता हुन् । यो मन्दिरमा जुनबेला पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ-आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको २ पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा । खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउत

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

Image
न्युज कारोबार डटकममा असार ३, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । चिल्लो सडकमा दुई घण्टामै दिपायलबाट कैलाली पुगिनेछ भन्ने सुनेपछि दिपायलका नरेन्द्र खड्कालाई सपना जस्तै लाग्यो । ‘१२ वर्ष पहिलेको कुरा हो, साँझतिर एउटा होटलमा चिया खाइरहेका थियौँ । एक जनाले दिपायल– खुटिया– धनगढी सडक द्रुतमार्गको रुपमा बन्ने खबर सुनायो । असाध्यै खुसी भएर चिया–नास्ता थपेर खायौं,’ उनले सुनाए । उनलाई त्यो रात धेरै बेरसम्म निद्रा नै लागेन । ‘राति निद्रा नै नलागेर तस्बिर र भिडिओमा विदेशका सडक देखेजस्तै दिपायल– खुटिया सडक पनि आँखै वरिपरि घुमिरहे । राति कतिखेर निदाएछु पत्तै भएन,’ उनले भने । अहिले उनी त्यसबेला आँखै वरिपरि घुमेको सडकको तस्बिर थोरै पनि पत्याउँदैनन् ।  लामो समयसम्म पनि सडक नबनेपछि नेताहरुले चुनावी एजेन्डा बनाएर भोट तान्न भ्रम छरेको जस्तै लाग्छ उनलाई । ‘त्यसबेला पश्चिम सेती परियोजना जस्तै होला भन्ने पनि सोचेका थियौं । तर सडक र विद्युत् विषय नै फरक भएको हुँदा बन्छ होला नै लागेको थियो । विडम्बना एक दशक नाघेछ अत्तोपत्तो छैन । अब त बन्छ होला भन्ने विश्वास नै लाग्दैन,’ उनले भने । दिपायलबाट करिब दुई

खप्तड : प्रकृतिको अनुपम संगम

Image
न्युज कारोबार डटकममा कार्तिक १२, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू-स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रुपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीविरंगी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ ।  वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरुको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले हुनसक्छ, पहिलो पटक खप्तड भ्रमण गर्नेहरु स्वर्गमा पुगेको प्रतिक्रिया दिने गर्छन् । खप्तडका विभिन्न स्थानका आ-आफ्नै महत्व र पौराणिकता छ । खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनभरका दुःखपीडा एक क्षणका लागि भए पनि बिर्सिन्छन् । खप्तडको ऐतिहासिकता  पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम व