Posts

Showing posts from November, 2022

जनता आवास कार्यक्रमका १० वर्ष : ४ अर्ब ७० करोड खर्च, गरिब झुप्रोमै

Image
न्यूज काराेबारमा २०७६ पुस ४ मा प्रकाशित भूमिराज पिठातोली काठमाडाैं । सीमान्तकृत समुदायको अवस्था उकास्न तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सुरु गरेको ‘जनता आवास कार्यक्रम’ले एक दशकसम्म पनि पूर्णता पाएको छैन । गरिबलाई आवास दिने उद्देश्यले थालिएको कार्यक्रम संघीय सरकारले नै ८ वर्ष अलमलमा पार्‍यो । २०६६/६७ सालबाट सुरु भएको कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकारमा हस्तान्तरण भयो । केन्द्रमा सहरी विकास मन्त्रालयअन्तर्गतको आवास योजना प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्तान्तरण भएपछि पनि कामले अपेक्षित गति लिन सकेन । कछुवा गतिमा काम गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत कतै घर नै बनेका छैनन् भने कतै निर्माणाधीन छन् । कार्यक्रम सञ्चालन भएको १० वर्ष बितिसक्दा ४० प्रतिशत आवास पनि बनेका छैनन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत १० वर्षमा १० हजार ११ आवास मात्र निर्माण भएका छन् । सहरी विकास मन्त्रा