Posts

Showing posts from February, 2024

कांग्रेसका शीर्ष नेताको अनैतिक चरित्र

Image
भूमिराज पिठातोली मंसिर २८, २०७७ मा प्रकाशित न्युज कारोबारमा  | | काठमाडौं | प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले ६४ सिट जित्दै तृतीय स्थानमा चित्त बुझायो । तत्कालीन नेकपा एमाले पहिलो र नेकपा माओवादी केन्द्रले निर्वाचनमा दोस्रो स्थान हासिल गरेको थियो । पहिलो र दोस्रो ठूलो दल एमाले तथा माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा भयो र तत्कालीन संघीय समाजवादी फोरमलाई समेत समावेश गरेर नेकपाले दुई तिहाइ बहुमत कायम हुने गरी सरकार गठन गर्‍यो । नेपाली कांग्रेस भने निर्वाचनमा निकै ठूलो हार व्यहोरेपछि सरकारलाई खबरदारी गर्ने भन्दै प्रमुख प्रतिपक्षीको रूपमा रहने निर्णय गर्‍यो । संसदअगावै केन्द्रीय समितिमा कांग्रेसले निर्वाचन समीक्षा पनि गरेको थियो । अबको पाँच वर्षमा आफ्नो जिम्मेवारी कस्तो रहने भन्दै कांग्रेसका ७ जना नेता (गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र रामचन्द्र यादव)ले ५१ पृष्ठ लामो प्रतिवेदन २०७५ वैशाख ११ गते लोकतन्त्र दिवसको दिन केन्द्रीय समितिमा प्रस्तुत गरे । प्रस्तुत गरिएको प्रतिवेदन नै कांग्रेसको पाँच वर्षे