Posts

Showing posts from December, 2022

पुरुषको 'लिंग' काट्ने भए बलात्कारी महिलाको के काट्ने ?

Image
भूमिराज पिठातोली ५ भाद्र २०७५, डिसी नेपाल डट्कममा मंगलवार २३:१३  मा प्रकाशित गत वर्ष डोटी जिल्लाको एक गाउँमा एक जना समलिङ्गी पुरुषलाई स्थानीय २ जना महिलाले जवरजस्ती करणी नै गरे । ती पुरुषलाई सर्वाङ्ग नाङ्गो पारेर यातनाका दिदै दुव्र्यवहार गरेको कुरा ब्लुडाइमण्ड सोसाइटीको अफिसमा ती समलिङ्गी पुरुषले आफ्ना बेदना पोखे । फेरि यो कुरा अरुलाई भनेमा ‘तँलाई झनै बेज्जत गर्छौं घाँणे’ जस्ता तुच्छ शब्द प्रयोग गर्दै धम्की, यातना पनि दिए ति महिलाले । ती पीडित पनि समाज तथा साथीभाईमा त्यस्ता कुरा गर्दा उल्टै तिरस्कृत हुने डरले त्यो कुरै निकाल्न सकेनन् । त्यस्तो घटनाक्रम ३÷४ पटक दोहोरियो तिनै पीडक महिलाबाट । समाजमा ‘पुरुष बलिया महिला कमजोर’ भन्ने भ्रम मात्र रहेको ती पीडित पुरुषले बताएका थिए। त्यो एउटा प्रतिनिधि घटना मात्र हो। केही वर्ष अगाडि कञ्चन शर्मा रेग्मी र उनका श्रीमान् मोहन रेग्मीको काहानी सामाजिक सञ्जालदेखि देश विदेश गल्ली गल्लीमा पनि भाइरल बनेको थियो । त्यो घटनामा मोहन रेग्मी स्वयंले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले नचाँहादा नचाँहादै कञ्चनबाट पटक पटक बलात्कारको सिकार हुँदै आएको थिए ।’ कञ्चनले