Posts

Showing posts from December, 2021

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

Image
  मंसिर १२ , २०७८ मा न्युज कारोबारमा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मंगलबार बझाङका जनप्रतिनिधिको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । टोलीमा जनप्रतिनिधि मात्रै नभई जिल्लाका अगुवाहरु समेत थिए । बझाङमा आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीको धारणा ‘ पक्की ’ गराउन पीडाको पोको लिएर उनीहरु काठमाडौंमा जुटेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गरेको महिना दिनसम्म पनि राहत , पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कुनै सुनुवाई नभएको भन्दै जिल्लाका जनप्रतिनिधिहरु मागपत्रसहित प्रधानमन्त्रीलाई भेट्न आएका हुन् । बझाङमा गत कात्तिक २ गते बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले ३१ जनाको ज्यान लिनुको साथै अर्बौं मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएपछि कात्तिक ४ गते नै प्रधानमन्त्री देउवाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको प्रांगणमा डेढ घण्टा कुरेपछि मात्रै प्रधानमन्त्रीसँग बझाङका जनप्रतिनिधिको भेट भएको थियो । जिल्ला समन्वय समिति संयोजक सडकबहादुर खड्काले बझाङको क्षति विवरण संक्षेपमा सुनाएर मागपत्र बुझाएपछ

‘हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ’

Image
  न्युज कारोबार डटकममा प्रकाशित मंसिर ७ , २०७८       भूमिराज पिठातोली काठमाडौं । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो स्थानीय तह हो , बझाङको साइपाल गाउँपालिका । करिब तीन हजार जनसंख्या भएको यस गाउँपालिकामा आयस्रोतको रुपमा जडिबुटी र पशुपालन मात्रै हो । तीन महिनालाई मात्रै पुग्ने गरी उब्जनी हुने साइपालमा बाँकी ९ महिनानै खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । साइपालमा वर्षे बालीमात्रै उत्पादन हुने गर्दछ । पाँच हजार मिटरको उचाईमा पर्ने साइपालमा जौं , गहुँ , फापर , कोदो , आलु उत्पादन हुन्छ । सदरमुकामबाट तीन दिन पैदल हिँडेर जानुपर्ने साइपालमा ढुवानी खर्च भने तेब्बर नै हुने गर्छ । खच्चडको ढुवानी प्रतिकेजी १५० रुपैयाँ र मान्छेले बोक्ने सामानको ढुवानी २५० रुपैयाँसम्म पर्छ । यसरी हेर्दा जिल्ला सदरमुकाम चैनपुरमा २० केजी चामलको एक हजार पाँच सय रुपैयाँ परे पनि साइपालसम्म मान्छेले ढुवानी गर्दा २० केजी चामलको ६ हजार पाँच सय रुपैयाँ पर्न जान्छ । खच्चडले बोक्दा पनि चार हजार रुपैयाँको हाराहारीमा पर्ने गरेको छ । वार्षिक पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने साइपालमा खाद्य संस्थानमार्फत् सहुलिय

नेपालमा जलविद्युतको अवस्था : विगत र वर्तमान

Image
मंसिर १८, २०७८ मा न्युज कारोबार डटकममा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मुलुकमा विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रहरुमध्ये एउटा हो , जलविद्युत । धेरै सम्भावना बोकेको यस क्षेत्रबाट प्राप्त हुने लाभले नेपालको विकास निर्माणमा टेको लगाउँदै आएको छ । त्यति मात्रै नभई परियोजना निर्माणका प्रभावितलाई प्रत्यक्ष सहभागिता गराउन सेयर दिने अभ्याससमेत भइरहेको छ । विद्युतीय उर्जा सबैका लागि आधारभूत आवश्यकताको रुपमा स्थापित भइसकेपछि मुलुक पनि उज्यालो युगमा प्रवेश गरिसकेको छ । जलविद्युत उर्जा घरायसी , औद्योगिक तथा व्यवसायिक क्षेत्रमा स्वच्छ , ढुवानी तथा रुपान्तरण गर्न सहज हुने भएपछि संसारभर नै विद्युतीय उर्जा निर्विकल्प स्थापित भएको हो । नेपालमा विद्युत उत्पादन तथा व्यापारमार्फत मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्यअनुसार आयोजनाहरु थपिन थालेका हुन् । चुनौतीको चाङभित्र निर्माण भइरहेका जलविद्युत परियोजनाको यात्रामा पछिल्लो दुई वर्षयता कोरोना भाइरसको ढोका लागेको छ । संसारभर महामारीको रुपमा देखा परेको कोरोना भाइरसले हरेक क्षेत्रलाई शून्यताको स्थितिमा पुर्‍यायो । त्यसबाट जलविद्युत क्षेत्

अब सुनिने छैनन् अंग्रेजी देउडा, अस्ताए अंग्रेजी बाजे

Image
मंसिर ४, २०७८ मा न्युज कारोबारमा प्रकाशित समाचार       भूमिराज पिठातोली काठमाडौं । अंग्रेजीमा देउडा गाउँछन्, मिस्टर धनराज जोशी ती गाउँछन् चौबीसै घण्टा, जस्तै बग्छ कोशी देउडाका हरफमा भनेजस्तै मछानीपातलमा हरेकको कानमा दिनहुँ गुञ्जिरहने देउडिया हुन्, ‘अंग्रेजी बाजे’ अर्थात् धनराज जोशी । वाक्यैपिच्छे देउडा, पाइलैपिच्छे देउडा, बाटोमा देउडा, समाजमा देउडा, समूहमा देउडा गाउने हुँदा छान्नावासीले उनको नाम नै राखिदिएका हुन् अंग्रेजी बाजे/देउडिया अंग्रेजी बाजे । दिनहुँ सुनिने त्यो स्वर, ती देउडा, ती अंग्रेजी शब्द गत महिनायता न बाटोमा, न पसलमा, न मछानीपातलमै सुनिएका छन् । देउडा गुनगुनाइरहने ति पूरुष कहिल्यै नफर्किने गरी अस्ताइसकेका छन् । देउडा पारखीहरुलाई टुहुरा बनाएर गएका छन् । अंग्रेजीमै देउडा गाउने पहिलो गायक अस्ताएपछि नयाँ सिकारुहरु पनि रुमल्लिएका छन् । गत कार्तिक २ गते देउडाप्रेमीका लागि कालो दिन नै भयो । बझाङमा आएको बेमौसमी वर्षासँगै घरनजिकै आएको पहिरोले उनीसँगै उनका सपनाहरु निल्यो । सुदूर तथा कर्णालीको संस्कृतिलाई देउडामार्फत् अन्तर्राष्ट्रियकरण गर्ने सपना पहिरोमै बिलीन भए । भोलिपल्ट मात्रै

मर्स्याङ्दी किनारमा विरक्तिरहेछ तालगाउँ

Image
कार्तिक २६, २०७८ मा न्युज कारोबारमा प्रकाशित समाचार भूमिराज पिठातोली काठमाडौं । दुई दिनदेखि लगातार पानी परेपछि कान्छीमाया गुरुङको होटलमा ग्राहकको संख्या घटिरहेको थियो । उनले ग्राहकलाई साँझको झिसमिसेमै खाना खुवाएर आ-आफ्नो कोठामा सुत्न पठाइसकेकी थिइन् । होटलमा तातो-चिसो पानीको व्यवस्था दिउँसै गरेको हुँदा उनले साँझपख तल-माथि गरिरहनु पर्दैनथ्यो । झरी परिरहेकाले सदाझैं बाहिर डुलिरहने अवस्था पनि थिएन ।  झरी परे पनि जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक कम थिएन । डाडैडाँडाको बीच, हिमालको फेदीमा कञ्चन मर्स्याङ्दी नदी किनारको सुन्दर बस्ती त्यसैमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले थियो । बस्तीकै माथिपट्टी छङ्छङी बगेका झरनाहरुले तालगाउँ थप शोभायमान देखिन्थ्यो । निरन्तरको झरीसँगै मर्स्याङ्दी नदीको बहाव पनि बढ्दै थियो । भ्रमणमा आएका पर्यटकहरु पनि बेसींतिर झर्दै थिए । जेठ मसान्तसम्म झरी परे पनि सामान्य दैनिकीमै थिए तालवासीहरु । जेठ ३२ गते राति खाना खाएर सुतेका उनीहरुमाथि एक्कासी मध्यरातमै ब्रजपात पर्‍यो । सलल बगिरहेको मर्स्याङ्दी नदीले बाटो मोड्ला भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । कल्पनामै नआए

जब काल बनेर फर्कियो जडारीगाड

Image
कार्तिक २१, २०७८ मा न्युज कारोबारमा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । आकाश जति गड्गड्याए पनि कार्तिक २ गतेसम्म राम्रै चल्दै थियो खातीगाउँबासीको दैनिकी । तराइको जस्तै उब्जनी हुने जिउलो (खेतीयोग्य जमिन)ले उनीहरुलाई कहिल्यै चिन्ता लिनु परेको थिएन । आफूलाई पर्याप्त भएर उत्पादित बस्तु बिक्रीसमेत गर्थे उनीहरु । खातीगाउँको आगनमै सडक, अगाडि जिउलो, पारीपट्टी विद्युत स्टेशन, वरपर डाडाँकाडा बीचमा सलल बगिरहेको जडारीगाडको सुन्दरताले पर्यटकीय क्षेत्रको झल्को दिइरहेको थियो । गाउँघरमा पर्यटकीय क्षेत्र बनाउनसमेत युवाहरु लागिपरेका थिए । सडकको वारिपारी पक्की भवनहरु पनि निर्माण भइरहेका थिए । सरकारले पनि त्यो क्षेत्रको विकासको लागि विभिन्न आयोजना दिइरहेको थियो । सामान्य पूर्वाधारहरुबाट पनि सम्पन्न भइसकेको थियो खातीगाउँ । आफ्नै गाउँघरमा बदलिँदो परिवेशको ‘झिल्को’ झल्कँदै थियो । स्वावलम्बी खातीगाउँवासीका लागि सुखको बिहानी झुल्किन थालिसकेको थियो । तर, विडम्बना त्यो धेरै दिन टिकेन । पुस्तौंअघि डोटीबाट सरेका खातीगाउँवासीलाई कहिल्यै दुःख नदिएको जडारीगाडले एकै झट्कामा कार्तिक ३ गते सर्वस्व लुट्यो । उजाड बनाएरै

विपदमा पीडितको टेको बन्दै धीरा खत्री

Image
कार्तिक १५, २०७८ मा न्युज कारोबारमा प्रकाशित     भूमिराज पिठातोली काठमाडौं । वर्षभरि सुख्खा रहने खहरे खोलाहरु पनि उर्लिरहेका थिए । भिरालो जमिनमा घर भएका तथा बगरमा घर भएकाहरु राति सुत्न सकेका थिएनन् । पहिरोको जोखिममा आवास भएकाहरु आफन्तको शरणमा पुगेका थिए । यो समस्या बझाङको खप्तडछान्ना गाउँपालिकाका स्थानीयहरुको हो । शताब्दीकै ठूलो बेमौसमी झरीले छान्ना क्षेत्र तीन दिनसम्म त अँध्यारोमै रह्यो । बत्ती, टेलिफोन, इन्टरनेट सबै बाढी पहिरोले खोस्यो । गाउँलेलाई समेत आफ्नो गाउँमा कति क्षति भयो भन्ने जानकारी भएन । पाइलैपिच्छे जस्तै गएका पहिरोले एक टोलबाट अर्को टोलमा जान सक्ने अवस्था पनि भएन । **** खप्तड छान्ना गाउँपालिका-१ की गीता जेठाराको परिवार गाउँमा सम्पन्न परिवारमा गनिन्थ्यो । उनको परिवारले बेसा (अन्न) किन्नु पर्दैनथ्यो । वर्षभरि गाउँघरमा आउने विकास निर्माणका काममा गएर आएको पैसाले तेल, साबुन गर्न पुगेकै थियो । जग्गा जमिन पनि प्रशस्तै भएका जेठारा परिवारलाई जीवन धान्न खासै चिन्ता थिएन । विडम्बना बेमौसमी चार दिनको झरीले उनको परिवारलाई घर न घाटको बनायो । मानवीय क्षति नभए पनि सम्पति सर्वस्व गुम्यो ।

निष्ठाको राजनीतिका पर्याय जगतप्रसाद

Image
असोज १४, २०७८मा न्युज कारोबार डटकममा प्रकाशित    भूमिराज पिठातोली काठमाडौं । २०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । उनी नेपाल आएपछि केही समयमै उथलपुथल हुने घोषणासमेत गरे । नेपाल प्रवेशलगत्तै उनलाई सरकारले गिरप्तार गर्योा र बन्दी बनायो । देशव्यापी रुपमा सरकार निकटका व्यक्तिले बीपीलाई फाँसीको माग गरे । उनलीहरुले ‘बीपीलाई फाँसी दिनुपर्छ’ भन्दै देशव्यापी रुपमा अभियान नै चलाएका थिए । यता नेपाल विद्यार्थी संघले बीपीको न्याय र रिहाइका लागि क्याम्पसहरुमा विद्रोह सुरु गर्योस । देशभरका क्याम्पसहरुमा हड्ताल भयो । नेपालमा नेविसंघको विद्रोहकै बेला पाकिस्तान पिपल्स पार्टी (पीपीपी) पाकिस्तानका संस्थापक नेता, त्यहाँका नवौं प्रधानमन्त्री तथा चौथो राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो । त्यहाँका सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी पदबाट हटाउँदै अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाए । त्यो घटनाको संसारले नै निन्दा गर्यो  । विश्वव्यापी रूपमा त्यसको चौतर्फी विरोध भइरहेको थियो । जुल्फिकरको मृत्युदण्डलाई लिएर नेपालमा पनि नेविसंघको आन्दोलनले प्लस प्वाइन्ट पा