‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

 

मंसिर १२, २०७८ मा न्युज कारोबारमा प्रकाशित

भूमिराज पिठातोली

काठमाडौं । मंगलबार बझाङका जनप्रतिनिधिको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । टोलीमा जनप्रतिनिधि मात्रै नभई जिल्लाका अगुवाहरु समेत थिए । बझाङमा आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीको धारणा पक्कीगराउन पीडाको पोको लिएर उनीहरु काठमाडौंमा जुटेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गरेको महिना दिनसम्म पनि राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कुनै सुनुवाई नभएको भन्दै जिल्लाका जनप्रतिनिधिहरु मागपत्रसहित प्रधानमन्त्रीलाई भेट्न आएका हुन् । बझाङमा गत कात्तिक २ गते बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले ३१ जनाको ज्यान लिनुको साथै अर्बौं मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएपछि कात्तिक ४ गते नै प्रधानमन्त्री देउवाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको प्रांगणमा डेढ घण्टा कुरेपछि मात्रै प्रधानमन्त्रीसँग बझाङका जनप्रतिनिधिको भेट भएको थियो ।

जिल्ला समन्वय समिति संयोजक सडकबहादुर खड्काले बझाङको क्षति विवरण संक्षेपमा सुनाएर मागपत्र बुझाएपछि प्रधानमन्त्री देउवाले अनुगमनकै बेलाको धारणा दोहोर्‍याए । उनले भने, ‘मैले बझाङको बाढीपहिरोको अवस्था देखेको हुँ । अब छिट्टै नै पुनर्निर्माण हुन्छ ।बझाङमा विपद्ले स्वास्थ्य, खानेपानी, विद्यालय, विद्युत सडक लगायतका सबै पूर्वाधारमा क्षति पुगेको हुँदा जिल्ला नै अन्धकारमय भएको प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले बताए । सिंहको कुरा सुनेपछि पनि देउवाले त्यही कुरा दोहो¥याए । म अनुगमनमा जाँदा सबै देखेको हुँ त । सबै कुरा मलाई थाहा छ । धेरै क्षति भएको छ । अब छिट्टै पुनर्निर्माण हुन्छ ।

सिंहकै कुरा जोडेर जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले आफूहरुले गाउँमा जान नसक्ने अवस्था भएको सुनाए । गाउँमा जान सक्ने अवस्था छैन । जनतालाई जनप्रतिनिधि भएर पनि कुनै राहतको व्यवस्था गर्न नसक्दा मुख देखाउन नसक्ने अवस्था भएको छ । अब हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’ खड्काले चिन्तित हुँदै भने । नगरप्रमुख खड्कालाई चिन्ता नलिन सुझाउँदै प्रधानमन्त्री देउवाले भने, ‘म आफैं स्थलगत भ्रमण गरेर आएको छु । बझाङमा बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था हेरेको छु । क्षति धेरै छ । पुनर्निर्माणका लागि वर्ल्ड बैंकसँग कुरा भइरहेको छ । क्षतिको विवरण र लागत अनुमानका लागि प्राविधिक टोली पठाउने तयारीमा छौं ।

प्रधानमन्त्रीले दर्जनौं ठाउँमा आएको बाढीपहिरोले जयपृथ्वीबहादुर सिंह राजमार्ग क्षतविक्षत बनाएपछि सुचारु गर्न मातहतका निकायलाई पुनर्निर्माणका लागि निर्देशन दिने बताए । क्षति भएका सबै कुराको सरकारले मात्र पुनर्निर्माण गर्न सक्दैन, त्यसका लागि दातृ निकायसँग सहयोग माग्नुपर्छ । सहकार्यका लागि सरकारले प्रयास गरिरहेको छ,’ देउवाले भने ।

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

प्रधानमन्त्रीको आश्वासनलाई आश्वासन मात्रै नभएर केही आशा पलाएको बताउँछन् नगरप्रमुख खड्का । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘हुन त बझाङको क्षति हेर्न प्रधानमन्त्री एक महिनाअघि नै जानुभएको हो । अहिलेसम्म सरकारले चालेको पाइला केही देखिएन । अब त जिल्लाका सबै प्रतिनिधि नै आएर दबाब दिइसकेपछि पुननिर्माणको काम अघि बढ्ला भन्ने आशा छ ।

सानो राहतका लागि विपदमा परेकाले केन्द्र सरकारको आशा गर्नु नपर्ने उनको बुझाइ छ । केन्द्र सरकारलाई त तत्कालको राहतभन्दा पनि दिगो राहतको माग गर्नुपर्छ । तत्कालको राहत दिएपछि दिगो राहतमा केन्द्र सरकारले चासो देखाउँदैन,’ खड्काले भने । पीडितलाई तत्कालको लागि खाद्यान्न, लुगाकपडा, भाँडाकुँडा लगायतको व्यवस्था स्थानीय तहले नै जुटाउनुपर्ने उनले बताए । जयपृथ्वी नगरपालिकामा पनि तत्कालको राहत स्थानीय तहले नै गरेको उनले सुनाए ।

बझाङमा विशेषगरी थलारा, छान्ना तथा चैनपुर क्षेत्रका बासिन्दाले बाढीपहिरोमा अर्बौंको सम्पत्ति गुमाएका छन् । नदी कटानले सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने सबै खाले पूर्वाधारमा क्षति पुगेको छ । बाढीपहिरोबाट ३१ जनाले ज्यान गुमाए भने पाँच सय घरपरिवार विस्थापित र दुई सय परिवार घरबारविहीन भए ।

बझाङको खप्तडछान्ना क्षेत्रमा मात्रै ६ जनाले ज्यान गुमाए । ७० परिवारको घरसहित ज्यानबाहेक सर्वस्व गुम्यो । खप्तडछान्ना गाउँपालिकाका अनुसार छान्नामा मात्रै ९८ करोडभन्दा बढीको भौतिक सम्पत्तिमा नोक्सान पुगेको छ

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’