Posts

Showing posts from April, 2022

साढे ३ दशकको समर्पण

Image
सफल आवाज डटकममा माघ २६ गते २०७८ मा प्रकाशित भूमिराज पिठाताेली काठमाडौं । २०६४ सालको वैशाख महिना । ८ कक्षामा भर्ना हुन कालुखेती गएँ । घरबाट नजिक पाटादेवल पर्ने हुँदा कालुखेती पढ्ने जाँगर नै चलेको थिएन । अघिल्लै दिनदेखि सामान्य ज्वरोसमेत आइरहेकोले बज्यैं (हजुरआमा) ले गंगमार सरलाई नाडी हेरिमाग्नु, भर्ना पनि हुनु भन्नुभएको थियो । बज्यैले जहिल्यै उहाँको नाम ‘गंगमार’ भन्नुहुन्थ्यो । घरमा कसैलाई सानो तिनो बिराम पर्दा उहाँकै नाम आउँथ्यो । ‘गंगमार सरलाई नाडी हेरिमाग्न पाए हुन्थ्यो,’ बज्यैले भनिरहनुहुन्थ्यो । मामा र दिदी भने उहाँको नाम ‘गंगमार’ होइन ‘गंगवार’ हो भन्दै झर्किन्थे । उहाँको असली नाम भने हामीले पढिसकुन्जेलसम्म पनि धेरै कमलाई मात्र थाहा थियो । सबैले ‘गंगवार सर’ भन्दै चिन्थे । मेरो बज्यै जस्तै गंगवार सरका हजारौं शुभचिन्तक थिए । ०६४ मा भर्ना हुन जाँदा उनी भेटिएनन् । अघिल्लो वर्षको वार्षिक परीक्षा सकेर बिदामा घर गएका रहेछन् । नाडी देखाउँन नपाउँदै मलाई सञ्चो भइसक्यो । बाटोमा ९ कक्षामा भर्ना हुन सँगै गएका साथीहरुले भन्थे, ‘गंगवार सरले त सुरुमा पढाउने, लेखाउने त्यसपछि नजाने भयंकर कुट्नुहुन्छ