Posts

Showing posts from April, 2021

क्वारेन्टिनमा बसेकालाई किरासहितको बासी खाना

Image
वैशाख ७, २०७७ मा न्युज कारोबार डटकममा प्रकाशित समाचार भूमिराज पिठातोली काठमाडौं । गएको मंगलबार कैलालीको गोदावरी नगरपालिका ४ का दिनेश मल्ल दैनिक उपभोग्य सामान नेपालगन्ज पुर्याौएर कैलाली फर्कंदै थिए । बाटोमा बर्दियाको भूरीगाउँबाट अलपत्र परेका कैलालीका १० जनालाई देखे । गाडी अगाडि बढाउनै लाग्दा १० जना नै अगाडि आएर ट्रक रोके र आफूहरु अलपत्र भएको भन्दै कैलाली लैजान हारगुहार गरे । उनले पनि मानवीय समवेदना देखाउँदै सबैलाई ट्रकमा बोकेर कैलाली पुर्यापए ।  ना. ६ ख ५६६५ नम्बरको ट्रक चालक मल्लले मानवीय समवेदना देखाउँदै ट्रकबाट एक जना चौमाला र ९ जना धनगढी गरी सबैलाई उनीहरूले चाहेको ठाउँमा छोडे । धनगढी ल्याउँदा आफूले उद्धार गरेको भन्दै जो कोहीबाट ‘धन्यवाद’ पाउनुको सट्टा उल्टै प्रहरीले प्रक्राउ गरेर क्वारेन्टिनमा राखेको उनले गुनासो गरे । मल्लले भने, ‘मैले सोचेको पनि थिइन, कसैलाई सहयोग गर्दा पनि घात हुने रहेछ भनेर । गाडी बिग्रिएको थियो । तर पनि उनीहरुको पीडा सम्झेर छोड्न सकिएन । धनगढी ल्याउँदा उल्टै धोका पाइरहेको छु ।’  कोरोनाको आशंकाकै आधारमा आफूलाई क्वारेन्टिनमा राखेकोमा उनलाई पछुतो छैन । ‘तर क्वारेन्