Posts

Showing posts from February, 2021

बाबाको त्यो एक सय रुपैंया !

Image
२५ श्रावण २०७५ मा प्रकाशित, डिसी नेपाल डटकम  भूमिराज पिठातोली  तिहारको दिन, घरमा बिहानैदेखि खानेकुराका बिभिन्न परिकारहरु पाक्दै थिए। ग्रामीण भेगमा खानेकुराका परिकारहरु सेल (स्थानीय भाषामा बाबर), तरकारी (दुई/तीन थरीका मिक्स नभएका फर्सी, गान्टे मुला, आलु/मुला, काँक्राको तरकारी), अचारमा पनि दुई/तीन थरीका स्थानीय अचार, चटनी लगायतका परिकारहरु पाक्दै थिए। घरमा पनि रमझम छाएको थियो। आज भन्दा १६ वर्ष अगाडिको कुरा हो। भाइटिकाको दिन। फुपू तथा दिदीहरु चारैतिरबाट आउँदै थिए। सबैसंग खुसीका कुराहरु साँटिदै थिए। फुपू दिदीहरुले ल्याएका फलफूल चकलेटले हामी बालबालिकामा खुशी भने निकै चुमेको थियो। ती चकलेट खाँदै गाउँमा सबैलाई चकलेट चपाएको देखाउँदै थियौं। बालकको सोचाई र आशा समय अनुसार एउटै हुँदो रहेनछ। एउटै चकलेट खान ५ सेकेन्ड समय पनि नलाग्ने चकलेटको रस निकाल्दै चुस्दै गथ्र्यौं जसले आधासम्म पनि चकलेट खाएको अरुलाई देखाउँदै थियौं। त्यो खूशी त्यो बेलाको उच्च थियो। मुखभित्र खानेकुरा चपाएको देखेर अरु बालबालिका पनि पछाडी लाग्ने समय पनि त्यही थियो। समाजमा हुँदा खाने र हुने खानेलाई अलग्गै चिन्न सकिन्थ्यो र अहिले पनि

मामुली लोकका ‘क्रुर’ शासक

Image
भूमिराज पिठातोली काठमाडौं । बैशाख २६, २०७७ मा प्रकाशित         मंगलबार राति भारतको दिल्लीबाट एकजना गाउँले दाजुले भिडियो कल गर्नुभयो । कुराकानीको सुरुमै मलिन स्वरमा भन्नुभयो, ‘तिमीहरुलाई कस्तो छ ? हाम्रो त यहाँ धेरै दिन बाँचिएला जस्तो छैन ।’ दाइले भनेको पहिलो वाक्यमै अनुमान लगाएँ । ‘दाइ पक्कै पनि अलपत्र अवस्थामा हुनुहुन्छ ।’  कुरा अगाडि बढाएँ । आफ्नो हालखबर सुनाएँ । सोधेँ, ‘कस्तो अवस्थामा हुनुहुन्छ ? के गरिरहेको छ त्यहाँको सरकारले ?’ मेरो प्रश्न नटुंगिदै दाइले भन्नुभयो, ‘आफ्नै सरकार आफ्नो छैन भने यो त विदेश हो । कुनै मानवीयता बुझेका मनकारीहरु आएमा मात्रै केही सहयोग गर्छन्, बाँकी त यहाँको सरकारले पशुझैँ व्यवहार गर्छ ।’ दाइको आँखामा बर्बरी आँसु झर्छन्, साथमा रहेकी भाउजूको आँखामा आँसु भरिन्छ । सानी छोरीले सम्हाल्न खोज्छिन् । तर, छोरीको सान्त्वनाले बेचैन परिवार कति नै सम्हालिन्थे र ! माहोल नरमाइलो हुन्छ । मेरा लागि पनि देख्नै नसकिने दृश्य भइसकेको थियो ।  एक मनले सोचेँ, हाम्रै दाजुभाइले यसरी अनुनय‑विनय गर्दा पनि वास्ता नगर्ने यो फासिस्ट सिद्धान्त मनसाय बोकेको सरकारलाई गएरै झम्टिऊँ । तर, यो आ

सय रुपैयाँको लगानी, हजार रुपैयाँ आम्दानी

Image
भूमिराज पिठातोली प्रकाशित मिति :२३ जेठ २०७५ डिसी नेपाल डटकम काठमाडौं। भारतको रक्सौलका अमरेशप्रसाद साह बिगत १६ वर्ष अगाडि काठमाडौं आए। काठमाडौंमा आउँदा उनले साइकलमा तरकारी बेच्ने सोच बनाए। केही दिन सुरु पनि गरे तर साइकलमा तरकारी बेच्नलाई धेरै ठाउँमा डुल्नुपर्ने भयो। त्यसपछि उनले फलफूलबाट फ्रुटी बनाइ बेच्ने सोच बनाए र काम पनि सुरु गरे। प्रत्येक दिन फरक फरक चोकमा गएर फ्रुटी बनाइ बेच्न थाले। यसरी उनले सबै ठाउँको बाताबरण बुझे। अमरेशले तरकारीको व्यापार र फलफूलको व्यापारमा धेरै नै फरक पाए। तरकारी एकदुई दिन बिक्री भएन भने बिग्रन थाल्यो। कोठामा खाने पनि कोही भएन। काठमाडौंमा अमरेश मात्र आएका थिए। त्यसपछि उनले फलफूल किनेर फ्रुटी बनाइ बेच्न थाले। त्यसमा उनको मन लोभियो। करिब एक महिना फ्रुटी बनाइ बिक्री गरेपछि उनले राम्रै आम्दानी गरे। त्यसपछिको व्यवसाय फ्रुटी बनाएर नै बिक्री गर्ने योजा बनाए।  गर्मीयाममा उनको व्यापार चौतर्फी आकर्षित बन्दै गयो। केरा, खरभुजा, स्याउ, गाँजर, काँक्रालगायतका साना–साना एक एक टुक्रा मिलाएर प्लेटमा बिक्री गर्न थाले। त्यो बेलादेखिको उनको रेट प्रति प्लेट २० रुपैयाँ बढी थियो। हा

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’

Image
प्रकाशित मिति : ६ जेठ २०७५, डिसी नेपाल डटकम     भूमिराज पिठातोली   काठमाडौं । केही समय अगाडी काठमाडौंको सिनामंगलमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने निकाय नेपाल स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा भयो । साधारण सभा सुरु हुनुभन्दा अघिल्लो दिन नै सबैलाई पत्राचार भैसकेको थियो । सबै निकायलाई पत्राचार गर्दा उपस्थितिका लागि पछिल्लो दिन बिहान ठिक आठ बजे आमन्त्रण गरिएको थियो । पछिल्लो दिन आमन्त्रित गरिएका अरु निकायभन्दा पनि आठ बजे आयोजक संस्था पनि उपस्थित भएको थिएन ।  ‘आफ्नो अरु काम पनि छ, आठ बजे नै बोलाएको कार्यक्रममा पौने आठ बजे नै उपस्थित हुनुपर्छ’ भन्दै पत्रकार चिरञ्जीबी न्यौपाने कार्यक्रम स्थल पुगे तर त्यो कार्यक्रम स्थलमा अघिल्लै दिन बनाएको मञ्च बाहेक अरु केही थिएन । आयोजना स्वास्थ्य व्यवसायी महासंघको कार्यालयमा नै सुरु हुने भनिएको थियो तर, आठ बजे आयोजककै कार्यालय खोलिएको थिएन । त्यसपछि पत्रकार न्यौपाने फर्किए । खाजा खाएर एक घण्टापछि कार्यक्रम आयोजना स्थलमा आए, त्यहाँ चार पाँच जना मात्र उपस्थित थिए ।  यसरी बिस्तारै सबैजना आउँदा १० बजे कार्यक्रम सुरु भयो । सबैले

चार दिवारभित्रका आधा महिना

Image
भूमिराज पिठातोली घाम नदेखेको १० दिन बितिसकेको थियो । एकातिर डर पनि उस्तै, अर्कोतिर आशासहितको निराशा । निन्द्रा खुलेको पनि दुई घण्टा बितिसकेको थियो । ओछ्यानमै वल्टोकोल्टो पल्टिरहेको थिए । घरपरिवारको याद आयो । घर नगएको पनि २ वर्ष बितिसकेछ । भाइले म्यासेन्जरमा पठाएका फोटाहरु हेरेँ । फुक्क परेका आमाका गालामा कालाकाला धब्बा बसिसकेका रहेछन् । अनुहारभरि बुढ्यौलीका धर्कैधर्का । पातलिदै गएको कपाल, मैलो चोलो पनि शरीरमा टाँगेजस्तै । मुस्कुराउन खोज्नुभएको रहेछ । उठेको एक दाँतमात्रै अलिअलि बाहिर देखिएको । गत वर्ष यसै महिना हामीले घरको घरमुली (हजुरबुवा) गुमाएका थियौं । उहाँकै आसिक बारेर हजुरआमा, बुवा र कान्छाबुवाले सेतै कपडामा हुनुहुन्थ्यो । पहिले हजुरआमाको बुढ्यौली लागेको त्यो पहिरनमा अनुहारका नसा सुक्दै गए पनि चम्किलै देखिन्थे । अहिले भने फोटोमा नाक, कान सबै रित्तै सेताम्य अवस्थामा देखिनुभएको थियो । बुवा र कान्छाबुवा पनि निकै फरक । यो फोटोमै यो अवस्था देख्दा भरिएको गाग्रीबाट पानीझैं आँसु छल्कियो । आफूलाई कोभिड संक्रमण भएको कसैलाई पनि जानकारी गराएको थिइन । घरपरिवारमा चिन्ता हुन्छ भनेर आफैं खुसी भएक

अपरिचित केटीको परिचित म्यासेज

Image
भूमिराज पिठातोली   काठमाडौं  फागुन ६, २०७६  जताततै प्रेमिल जोडीहरुले मनाउने पर्व ‘भ्यालेन्टाइन डे’को रौनक छाउँदै थियो । हग डे, किस डे, रोज डेलगायतका ‘पर्वहरु’को अवसर भन्दै फेसबुक प्रयोगकर्ता साथीहरुले म्यासेज पठाइरहेका थिए । नयाँ जोडी खोज्ने र पुराना जोडीबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयत्न जोकोहीबाट भइरहेको थियो । एउटा नाटकीय भद्दा मजाक ममाथि पनि भइरहेको थियो । केही दिनअगाडि मैले पनि नयाँ फेसबुक एकाउन्ट खोलेको थिएँ । नयाँ फेसबुक अकाउन्ट अन्य कुनै प्रयोजनका लागि नभई आफ्नै केही महत्वपूर्ण सन्देशहरु, फोटोहरु, पढ्नैपर्ने समाचारका लिंकहरु एउटा फेसबुक आइडीबाट अर्कोमा सेन्ड गर्ने र आवश्यकताअनुसार उपयोग गर्नका लागि खोलिएको थियो । खासै त्यो आइडी नचलाउने हुँदा केही त्यसमा भएका साथीहरुले के गर्छन्, कता जान्छन् भन्ने क्याप्सन केही जानकारी हुँदैन थियो । एक दिन खोलेर हेरेँ । झन्डै एक सय जनाको हाराहारीमा साथी बन्नका लागि रिक्वेस्ट आएका थिए । त्यसमध्ये धेरै जना आफ्नै चिनजानका । कोही कोही भने नाम र फोटो नै नचिनिने थिए । विदेशीका नाम जस्तै भएका केही फेक आइडीलाई स्वीकार नगरेर चिनजानकाहरुलाई मात्र स्वीकार