Posts

Showing posts from January, 2022

४६ वर्षदेखि बेसहारा बनेका माझीलाई 'सहारा'

Image
न्युज कारोबारमा जेठ ३०, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मानव सेवा आश्रममा प्रवेश गर्न गएको मंगलबार रामेछापका ६५ वर्षीय वृद्धलाई त्यति सजिलो भएन । नदी किनाराबाट मानव सेवा आश्रममा जाने भन्ने कुरा उनलाई थाहासमेत थिएन । त्यति मात्र होइन, उनले मानव सेवा आश्रमबारे सुनेका पनि रहेनछन् । जब अभियन्ता अमृत कार्कीको नजरमा परे तब उनी आश्रममा पुगे ।  कोरोनाको कहर फैलिएका बेलामा बेसहारालाई सहारा दिँदै आएका अभियन्ता कार्की आफ्नो दिनहुँ सेवामा गइरहेका बेलामा काठमाडौंको टंकेश्वरी पुलको मुनितिर भेटिए रामेछापका हिमाल माझी । ‘पुलको अर्को छेउबाट देख्दा मान्छे वा ढुंगा छुट्याउन सकिन,’ उनले भने, ‘जब नजिकै गए, त्यसपछि थाहा भयो माझीको अवस्थाबारे ।’  लकडाउनले गर्दा कतै जान नसक्ने अवस्था भएपछि माझीले अन्तिम विकल्प पुलमुनि नै रोजेका रहेछन् । ‘अन्तिम अवस्थामा ओत लाग्ने ठाउँ पुलमात्र देखेपछि त्यही रोज्नुभएको रहेछ,’ कार्कीले भने, ‘जति दिन बाँचिन्छ, यही ठाउँमा आश्रय लिएर बस्छु, भनेर आएको भन्ने कुरा हामीलाई सुनाउनुभयो । लकडाउन भएपछि मागेर खानलाई पनि कोही मान्छे भेटिएनन्, सबै आ-आफ्नो घरभित्र बसे । त्यसपछि क

कीर्तिमानी धावक कुलबहादुरको नियति : सयौं प्रमाणपत्र सिरानीमा, दुई छाकका लागि हारगुहार

Image
न्युज कारोबारमा जेठ २५, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । शुक्रबार बिहानै बाल सचेतना केन्द्रका उपसंयोजक अमृत कार्कीको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । सुतिरहेकै हुँदा लामो समय घण्टी बजेपछि मात्र उनले चाल पाए । निन्द्रामै फोन उठाए, 'हेल्लो' ! उनको ‘हेल्लो’ शब्द नटुंगिदै उताबाट, ‘सर नमस्कार । म अल्ट्राधावक कुलबहादुर शाही ।’  ‘मलिनो स्वरमा आफ्नो परिचय मात्र होइन समस्या पनि सुनाए । मलाई अचम्म लाग्यो र एकछिनमै फोन गर्ने भन्दै फोन राखेँ,’ कार्कीले भने । अल्ट्राधावकले खानेकुरा नभएर भोकै बस्नुपरेको सुनाउनेबित्तिकै उनलाई कसैले जिस्क्याइरहेको जस्तो महसुस भएको भइरहेको थियो । कार्कीले भने, ‘एउटा विश्व कीर्तिमान कायम गरेको मान्छे पनि भोकै हुने त कुरै भएन । सोचेँ, पूरै निन्द्रा खुल्यो । कल ब्याक गरेँ र उनको समस्या सुनेपछि आजित भएँ । सम्झेँ, राष्ट्रलाई विश्वमा चिनाउने कीर्तिमानीको त यस्तो हालत रहेछ भने, अरु सर्वसाधारणको त के कुरा गर्नु ।’  लकडाउनको बेलामा बेसहारा भएर वडा कार्यालयमा राहत माग्न जाँदा वडाध्यक्षले उल्टै अपमानित गरेपछि अल्ट्राधावक शाही सामाजिक अभियन्ताको सम्पर्कमा आएका