पत्रकारितामै नैतिक संकट


जेठ २७, २०७७ न्युज कारोबार डटकममा प्रकाशित

भूमिराज पिठातोली

काठमाडौं । ‘आकर्षित गर्ने गरी रचिएका शीर्षक, सस्ता तस्बिरको प्रयोग, तथ्यभन्दा कथ्य बढी, उत्तेजक प्रस्तुति, ठूला अक्षर र परिचय नखुल्ने अज्ञात स्रोत’ भन्नेबित्तिकै युट्युबरको परिचय झल्किन्छ । भिडियो ब्लगिङ (भ्लग)बाट केही आयआर्जन हुन थालेपछि केही समययता राज्यको नियमनकारी संयन्त्रको छाताभन्दा बाहिर रहेका युट्युबरको बिगबिगी बढ्न थालेको छ । आफूलाई ‘पत्रकार’ हुँ भन्दै संविधानप्रदत्त गोपनीयता र पत्रकारिताको आचारसंहितासमेत उल्लंघन गर्दै जताततै देखिने यी युट्युबरका कारण अहिले समग्र आमसञ्चार क्षेत्रमाथि नै गम्भीर चुनौती सिर्जना हुँदैछ ।

एउटा प्रसंग : युट्युब खोल्नेबित्तिकै ट्रेनिङमै देखियो एउटा भिडियो । शीर्षक थियो, ‘तुरुन्तै हेर्नुहोस्, नवराजको हत्याबारे सनसनीपूर्ण खुलासा ।’ युट्युबमा त्यो भिडियो मात्रै होइन । करिब दर्जन अधिक भिडियोहरु च्यानलका युट्युब ट्रेनिङमा रुकुम काण्डसँगै सम्बन्धित थिए, फरक-फरक च्यानलका । अहिले कतिपय युट्युबरहरु घटनास्थलमै पलेटी कसिरहेका छन् । उनीहरु प्रशासनको अनुसन्धानमै चोट पुर्याुउने गरी त्यसलाई सम्प्रेषण गरिरहेका छन् ।

युट्युबरको प्रसारित तथ्यलाई हेर्ने हो भने घटनाबारे जानकार युट्युबर आफैं प्रहरी बनिरहेका छन्, आफैं मुचुल्का उठाइरहेका छन्, आफैं पोस्टमार्टम गरिरहेका छन् र आफैं न्यायाधीश बनेर दोषी करार गर्नसमेत भ्याइसकेका छन् । प्रेस काउन्सिल, सूचना विभाग, प्रदेशस्तरीय प्रेस रजिस्ट्रार कार्यालय कसैले पनि यस्ता भिडियो ब्लगरहरूको निगरानी नराख्दा र नियमन गर्न कुनै निकाय सक्रिय नहुँदा तिनीहरू ‘लगामबिनाको घोडा’ जस्तै भएका छन् ।

रुकुम काण्डमै पनि कोरोनाको प्रकोप फैलिएको बेलामा लकडाउनमै उनीहरु कसरी घटनास्थल पुगे ? कसले अनुमति दियो ? सूचना विभागको कार्डबाहेकका पत्रकारलाई पनि अर्को जिल्लामा रिपोटिङका लागि जाने अनुमति छैन भने ‘पत्रकार’ भन्दै त्यहाँ पुग्ने अधिकार उनीहरुलाई कसले दियो ? पत्रकारिताको आचारसंहिताविपरीत मृतककी प्रेमिका भनिएकी किशोरीलाई सार्वजनिक गर्ने अधिकार कसले दियो ? त्यति मात्र होइन मृतककी प्रेमिका भनिएकी किशोरीको घर, बस्ने कोठा, सामाजिक सञ्जालका गोप्य म्यासेजसहित सार्वजनिक गरेर उनको व्यक्तिगत स्वतन्त्रता किन हरण गरियो ? यी अहं प्रश्न हुन् । मृतककी प्रेमिका भनिएकी किशोरीको घर, बस्ने कोठा, सामाजिक सञ्जालका गोप्य म्यासेजसहित सार्वजनिक गरेर उनको व्यक्तिगत स्वतन्त्रता किन हरण गरियो ?

देश, समाजमा भए/गरेका घटना यथार्थपरक ढंगले जनतासामु पुर्‍याउनु पत्रकारिता हो । ‘परपीडक’ सम्प्रेषणलाई पत्रकारिता मान्न सकिँदैन । तर, अधिकांश ठाउँमा भिडियो सामग्री सम्प्रेषण भने परपीडक प्रकृतिका नै देखिन्छन् । न्यायको पक्षधरको ‘ताज’ भिरेर पत्रकारिताका ‘एबीसी’ (एक्युरिसी, ब्यालेन्स र क्रेडिबेलिटी) लाई पनि पालना नगरी समाज झन् द्वन्द्वमा धकेल्नु एक किसिमको अपराध नै हो । सवारीसाधनमा प्रेस लेख्दैमा, पत्रकारको परिचयपत्र बनाउँदैमा, क्यामेरा-बुम तेस्र्याउँदैमा सबै पत्रकार हुँदैनन्, पत्रकारिताको एबीसी, फाइभ डब्लूएचमात्र बुझेर पनि पुग्दैन । पत्रकारिताका स्थापित मूल्यमान्यता, सिद्धान्त र आचारसंहिताको पनि उत्तिकै पालना हुनुपर्छ । भिडियो ब्लगरहरू न कुनै प्रहरी प्रशासन हो न छानबिन समिति न त प्रत्यक्षदर्शी नै । 

पत्रकारितामै नैतिक संकट

केही यता यस्ता गतिविधिले पत्रकारितामै नैतिक संकट बढ्दै गएको छ । आफ्नो पेसागत धर्मलाई भुल्दै स्वार्थको पछाडि लागेर पित पत्रकारिता गर्दै आएकाहरुको पनि कमी छैन । निश्चित स्वार्थका लागि पत्रपत्रिका र अनलाइन सञ्चालन गर्नेहरुको पनि हाबी भएको छ । चुनावको बेला पार्टीमुखी, बाँकी समय भिजिटरमुखी मिडिया हजारौंको संख्यामा सञ्चालित छन् । 

एउटै व्यक्ति पत्रकार, व्यापारी, एनजिओ/आइएनजीओकर्मी, सरकारी वा अर्धसरकारी निकायको प्रतिनिधि, शिक्षकलगायत विभिन्न पेसामा आबद्ध हुन्छ । त्यति मात्र होइन, त्यही व्यक्ति कुनै दलको प्रवक्ता जस्तै पनि भइरहन्छ । फेरि उसैले भन्छ, ‘म स्वतन्त्र पत्रकार ।’ बहुपेसामा आबद्ध व्यक्ति कहिले सार्वजनिक कार्यक्रममा पत्रकारिताको पाठ पढाउँछ, कहिले वकिल भएर बहस गर्दै बारको चुनावमा पनि सहभागी हुन्छ, कहिले राजनीति दलको चुनावमा उठ्छ, कहिले आन्दोलनकारीसँग मिलेर तोडफोड जस्ता कार्यमा संलग्न हुन्छ । उसले समाचार पनि कहिल्यै लेख्दैन । पत्रकारिताका भाषण दिन पनि कहिल्यै पछि पर्दैन । र, भनिरहन्छ ‘म पत्रकार ।’ 

नैतिकवान र मर्यादित पेसालाई बुझ्न सकेन भने समाजको नजरमा मिडिया कलंकित हुँदै जान्छ । तथ्यगत, वस्तुनिष्ठ तरिकाले पेसागत जिम्मेवारी पूरा नगर्ने हो भने समाजको पहरेदार र ऐनाका रुपमा चित्रण गरिएको पत्रकारिता धमिलो हुन्छ । समाज दिग्भ्रमित बन्दै हत्या, हिंसाको संघारमा पुग्छ । कतिपय यस्तै पित ‘टिकाउभन्दा विकाउ बढी’ पत्रकारिता गर्नेहरुका कारण स्वच्छ पत्रकारिता गर्नेहरु ओझेलमा पर्दै आएका छन् । पत्रकारितामा नैतिकताको मार्गनिर्देश गर्नेहरु विश्वव्यापी रुपमा विकसित हुँदा पनि नेपालमा भने यस्तै पात्र र प्रवृत्तिका कारण पत्रकारितामाथि उठ्ने प्रश्न रोकिएका छैनन् ।

इतिहासमा नै जर्मनीबाट गुटेनवर्ग प्रेसको स्थापनासँगै बेलायत हुँदै अमेरिकामा पुगेको प्रेस विकास शताब्दीपूर्व नै विश्वभर फैलिएको हो । बेलायती साम्राज्यको विस्तारसँगै भारतलगायत विश्वका विभिन्न देशमा फैलिएको प्रेस सुरूमा बाइबललाई क्रिश्चियन धर्म प्रचारका लागि प्रयोग गरियो भने पछि बेलायतबाटै समाचारपत्र छाप्ने क्रमको सुरूवात भएको थियो । त्यसरी नै लेख्ने शैली, सामान्य आचारसंहिता लागू हुँदै विकास भएको मानिन्छ । भारतमा पनि सबैभन्दा पहिले अगस्टक हिक्की पत्रिका एक जना अंग्रेज नागरिकले छापेर प्रकाशित गरेका थिए । त्यसपछि नेपालमा पनि बेलायत भ्रमणमा गएका जंगबहादुरले वि.सं १९१० गिद्धे प्रेस ल्याएपछि प्रकाशनसम्बन्धी कार्यको प्रारम्भ भएको मानिन्छ र पछि वि. सं १९५८ मा गोरखापत्र दैनिकको प्रकाशन थालनीपछि पत्रकारिताले निरन्तरता पायो ।

Published link Newskarobar.com न्यायाधीश युट्युबर

वि.सं. २०२३ मा मात्र ‘नेपाली पत्रकारिता कस्तो हुनुपर्छ’ भनेर पत्रकार आचारसंहिताको विकास भयो । पत्रकारिताले यति लामो इतिहास बोकिरहँदा पनि पेसागत मर्यादाको धज्जी उडाइरहेका कतिपय गैरपत्रकारबाटै मिडिया कलंकित बन्दै गएको छ ।पत्रकारिताले यति लामो इतिहास बोकिरहँदा पनि पेसागत मर्यादाको धज्जी उडाइरहेका कतिपय पत्रकारबाटै मिडिया कलंकित बन्दै गएको छ ।

पत्रकार आचारसंहिता २०७३ को पहिलो संशोधन २०७६ अनुसार ११ नम्बर बुँदामै संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री संकलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने उल्लेख छ । तर, अहिल्यै पनि धेरैजसो घटनामा पत्रकारहरुले नै वास्ता गरेका छैनन् । 

आचारसंहितामा प्रस्टै भनिएको छ, ‘विभिन्न जातजाति, धर्म, सम्प्रदाय, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण गर्न नहुने, विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्नेगरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेतलगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’ त्यतिमात्रै होइन, प्रभावित व्यक्तिको सचेत स्वीकृतिबिना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउन नहुने भनिएको छ तर पत्रकारितामा संवेदनशील नहुने ‘कु’ पत्रकारबाटै घृणित काम भइरहेका छन् । 

शताब्दीकै कलंकित घटना 

जेठ १० गते पश्चिम रुकुममा एउटा असोचनीय र दुर्भाग्यपूर्ण घटना भयो । दलित समुदायमा प्रेमकै कारण कालो इतिहास हुन पुग्यो । आफ्नी प्रेमिका लिन नवराज बिकसहित उनका १८ जना साथी जाजरकोटबाट पश्चिम रुकुम पुगे । त्यहाँबाट प्रेमिका होइन, ६ जनाको शव फिर्ता आयो, १३ जना घाइते भएर फर्किए । सुन्दर भविष्यको कल्पना गर्दै प्रेममा बाँधिएका अन्तर्जातीय जोडी एक हुनै खोजेकै दिनमा सदाका लागि अलग भए । मुना मदनको जस्तै जोडी बन्ने कसम खाएका ती प्रेमिल जोडीमात्र अलग भएनन् थप पाँच जनाको नरसंहार भयो ।

‘समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण’ गर्ने नारासहित संकल्प गरिएको कानुन ‘फितलो कार्यान्वयन’ले चेतना रत्तिभर पनि बदलिएन । किताबका पानामा सीमित नाराहरुलाई अधिकांश समाजले चिन्न सकेका छैनन् । प्रेम गरेकै आधारमा ज्यान गुमाउने नवराजहरु दोहोरिन्छन्, तेहेरिन्छन् । पँधेरीमा पानी छुँदा मारिन्छन् । मन्दिर पस्न खोज्दा गाउँ निकालामा पर्छन् । स्कुलको कक्षामा झुक्किएर बिष्टका छोराको रोटी छुँदा कपालका चारपाटा मुडिन्छन् । बिहे भोजमा अलग नबस्दा मुखभरी कालोमोसो दलिन्छन् । तर विभेदको शृंखला अन्त्य कहिल्यै हुँदैन । अँध्यारो सोचमा लाइट राखिन्छ, बालिँदैन । मन्दिरमा खुकुरी चल्ने, फूल नचल्ने । बिहेमा बाजागाजा चल्ने, भोज नचल्ने । शरीरमा लाज छोप्ने कपडा चल्ने, त्यही कपडा सिलाउने मान्छेलाई छुँदा अशुभ हुने । यस्तो विभेद कुन शास्त्रमा लेखिएको छ ?

अचम्म त के भने जसले जातीय विभेद अन्त्य भएको भन्दै कानुनमा हस्ताक्षर गरेका छन्, उसैको घरमा बढी विभेद हुन्छ । उसैको घरमा जातिवादी गाली बर्सिन्छ । समाजमा लोकप्रिय हुन हात्तीका लुकाउने र देखाउने दाँतजस्तै व्यवहार जिम्मेवार व्यक्तिबाट नै हुन्छ भने अरुको के कुरा ? यो विभेदकारी समाजमा हरेक काम गर्दा जुठो नहुने प्रयोगमा आएपछि जुठो हुने यो सोच कहिलेसम्म ? मन्दिरमा खुकुरी चल्ने, फूल नचल्ने । बिहेमा बाजागाजा चल्ने, भोज नचल्ने । 

शरीरमा लाज छोप्ने कपडा चल्ने, त्यही कपडा सिलाउने मान्छेलाई छुँदा अशुभ हुने । यस्तो विभेद कुन शास्त्रमा लेखिएको छ ? जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्न कानुन बनाएको पनि ६ दशक पुग्न लागिसक्यो । तर, सोचमै खोट भएपछि कानुन कसले पालना गर्ने ? वि.सं. २०२० भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पहिलोपटक छुवाछुत अन्त्य भएको घोषणा गरेको थियो । संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक छ । यो कुरा पनि सबैले बुझेकै छन् तर व्यवहारमा भने जातीय विभेद अन्त्य हुन अझै पुस्तौँ लाग्ने देखिन्छ । दलित समुदायको हकहितका लागि राष्ट्रिय दलित आयोग गठन गरिएको छ, जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ पनि कार्यान्वयनमा छ तर पनि छुवाछुत र जातीय भेदभावकै कारण हत्यासम्मका घटना घट्दो क्रममा छैनन् ।

Comments

Popular posts from this blog

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

खप्तड : प्रकृतिको अनुपम संगम