पुरुषको 'लिंग' काट्ने भए बलात्कारी महिलाको के काट्ने ?



भूमिराज पिठातोली

५ भाद्र २०७५, डिसी नेपाल डट्कममा मंगलवार २३:१३  मा प्रकाशित

गत वर्ष डोटी जिल्लाको एक गाउँमा एक जना समलिङ्गी पुरुषलाई स्थानीय २ जना महिलाले जवरजस्ती करणी नै गरे । ती पुरुषलाई सर्वाङ्ग नाङ्गो पारेर यातनाका दिदै दुव्र्यवहार गरेको कुरा ब्लुडाइमण्ड सोसाइटीको अफिसमा ती समलिङ्गी पुरुषले आफ्ना बेदना पोखे । फेरि यो कुरा अरुलाई भनेमा ‘तँलाई झनै बेज्जत गर्छौं घाँणे’ जस्ता तुच्छ शब्द प्रयोग गर्दै धम्की, यातना पनि दिए ति महिलाले । ती पीडित पनि समाज तथा साथीभाईमा त्यस्ता कुरा गर्दा उल्टै तिरस्कृत हुने डरले त्यो कुरै निकाल्न सकेनन् ।

त्यस्तो घटनाक्रम ३÷४ पटक दोहोरियो तिनै पीडक महिलाबाट । समाजमा ‘पुरुष बलिया महिला कमजोर’ भन्ने भ्रम मात्र रहेको ती पीडित पुरुषले बताएका थिए। त्यो एउटा प्रतिनिधि घटना मात्र हो। केही वर्ष अगाडि कञ्चन शर्मा रेग्मी र उनका श्रीमान् मोहन रेग्मीको काहानी सामाजिक सञ्जालदेखि देश विदेश गल्ली गल्लीमा पनि भाइरल बनेको थियो । त्यो घटनामा मोहन रेग्मी स्वयंले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले नचाँहादा नचाँहादै कञ्चनबाट पटक पटक बलात्कारको सिकार हुँदै आएको थिए ।’ कञ्चनले जवरजस्ती गरेर बेज्जत हुने डरले बाध्य भएर स्वीकार्नु परेको उनले बताएका थिए।

के त्यसरी जवरजस्ती गर्नु, अरुको इच्छा विपरित यौन कार्य गर्नु बलात्कार होइन् ? समाजमा अपमान पनि सहेर पीडै पीडामा बाँच्नु बलात्कार होइन् ? महिलाको इच्छा खुशीको लागि पुरुषले जवरजस्त रुपमा शरीर सुम्पिनु बलात्कार होइन् ? महिला अधिकारकर्मीहरुले एकोहोरो बलात्कारी पुरुषहरुलाई फाँसी दिनुपर्छ, बलात्कारीको लिङ्ग काटिनुपर्छ भन्दा केही कुरा भन्न मन लाग्यो। हो, एउटा दूधे बालिकादेखि बृद्धा आमाहरु पनि बलात्कृत भएका छन् । त्यसमा बलात्कारीलाई कठोर सजाय हुनुपर्छ। सबैको एउटै माग हो।

केही दिन अघि काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको माग गर्दै अर्धनग्न प्रदर्शनमा जुटेका २० जना महिलाहरु र उनका सहयोगीहरुको एउटै माग थियो बलात्कारी पुरुषलाई फाँसी दिइयोेस् तर बलात्कारी महिलालाई भने फाँसी दिनुपर्ने कसैको आवाज निस्केको थिएन। बलात्कारी पुरुषहरुको लिङ्ग काटेर बलात्कार नियन्त्रण आउँछ भन्ने बुझाई महिला अधिकारकर्मीको छ । त्यस्तै माग राख्दै प्रदर्शनमा जुटेका छन्। तर बलात्कारी पुरुषको लिङ्ग काट्ने भए बलात्कारी महिलाको के काट्ने ? महिलाबाट बलात्कृत हुने पुरुषहरुलाई कसरी न्याय दिलाउने ? पीडित पुरुषले पनि महिलालाई सजायको माग त गरेकै होलान्।

कानून त सबैलाई लाग्नु पर्छ। कानून भन्दा माथि कोही हुँदैन्। त्यसैले महिला दिदी बहिनीहरु सबैलाई लागू हुने, सबै अपराधीलाई बराबर सजाय हुने कानून बनाउन माग गरौं। फाँसी नै दिने भए त्यसले कुनै अपराध निर्मुल हुँदैन्। माइतीघरको प्रदर्शनमा महिलालाई पनि फाँसीको माग गरेमा कतिपय महिलालाई त त्यो सजाय आफूले पनि भोग्नु पर्ने जस्तो लागेको थियो होला सायद । त्यसैले पीडक महिलालाई फाँसीको कुरा नै आएन। एक जना महिला अधिकारकर्मीले त भनेकी थिइन्, ‘पुरुषहरु बलात्कार भएकै छैनन्, बलात्कार भएका भए त बाहिर गुनासो गर्थे होलान्।’ उनको यो भनाईले बोल्न सक्नेहरु मात्र पीडित रहेछन् भन्ने बुझाउँछ।

पीडित भएर प्रहरी प्रशासन तथा अदालतसम्म पुग्नेहरु त स्वतः पीडित नै हुन् तर समाजमा निस्सासिएकाहरु झनै बढी छन् तिनीहरुलाई पनि पीडित मान्नु पर्छ भन्ने हो । बलात्कार गर्ने पुरुषहरु महिलाको दाँजोमा कैंयौं बढी छन् तर त्यसको केही भाग महिलाहरु पनि छन्। महिलाका कुरा सुन्न बिभिन्न निकायहरु छन् भने पुरुषका कुरा सुन्ने निकाय नै भेटिदैन र सुनिदैन । हाँसोमा उडाइन्छ। के महिलाले पनि पुरुषलाई बलात्कार गर्यो होला र ? भनेर ।

सामाजिक संस्कार अनुसार पनि पुरुष आफ्नै बेज्जत हुने डरले यस्ता कुराहरु बाहिर ल्याउँदैनन््। आफू महिलाबाट बलात्कार भएको भनेर । तर महिलाको त्यसो हुँदैन् बिस्तार बिस्तारै आफ्ना कुराहरु खोलेरै छोड्छन् अधिकाशं पीडितहरु । त्यो राम्रो कुरा पनि हो।

बलात्कार पीडित भन्दा पनि बलात्कारनीति गर्नेहरु बढी छन्। आन्दोलन गर्छन्, प्लेकार्डमा ‘मेरो आमाको बलात्कारी बाउ हो’ भनेर लेख्छन्। त्यसले समाजमा के सन्देश जान्छ ? तिनीहरुले नै जानून।

यदि त्यस्तो भए विवाह गर्न राजी किन हुनुपर्यो ? समाजमा आमाको बलात्कारी बाउ हो भन्ने ज्ञान कमाएकाले फेरी ‘किन आगोको ज्वालामा हात राख्नु ?’ भोली आफूपनि आफ्नो श्रीमानबाट बलात्कृत हुन्छु भन्ने ज्ञान प्राप्त हुँदा हुँदै । त्यो पनि तिनीहरु नै जानून। बलात्कारीलाई सिधैं फाँसीको माग गर्नेहरुलाई त्यो नियम लागू भएपछि अबका दिनमा यस्ता घटना दोहोरिने छैनन् भन्ने विश्वास छ । मलाई लाग्छ, ‘के यस्ता फाँसी दिने देशहरुमा यस्तो बलात्कार तथा अन्य घटनाहरु घटेका छैनन ?’

विश्वका देशहरु युएई , इरान, अफगानिस्तान, मलेसिया, मंगोलिया, इराक, पोल्याण्ड जस्ता देशहरुमा बलात्कारीलाई फरक फरक तरिकाको फाँसी दिने व्यवस्था छ। के त्यस्तो हुँदा त्यहाँको अपराध निर्मुल भएको छ ? ती देशहरुमा के अपराध छैन्? त्यहाँ झनै फाँसीको व्यवस्थाले झनै कठिन बनेको छ। नेपालको भन्दा बढी बार्गेनिङ्ग गरेर त्यस्ता घटना कानून समक्ष पुग्न सक्दैनन्। कानूनको नजरमा पुग्छन् त ग्रामीण भेगमा कुरा नमिलेकाहरु। त्यसैले बलात्कारीलाई फाँसी दिने व्यवस्था कहीँ कतै पनि नेपालमा आवश्यक छैन। फाँसी दिदाँ निकास हुँदैन्। हामी त्यो युगबाट धेरै अगाडि आइसकेका छौं।

त्यसैले त मान्छेले एक पटक गरेको गल्ती नदोहोरियोस् । त्यो मान्छेले पनि सुध्रिने मौका पाओस् भनेर सुधारखाना जस्तै कैदी घर बनाइएको त हो। उनीहरुलाई सीपमूलक सीपहरु पनि सिकाइदैछ। अपराधी मान्छेको पनि मानवीय अधिकार हो भन्दै उनीहरुलाई जेल भित्र पनि समाजमा पुर्नस्थापित हुनसक्ने तालिम सिकाइदैछ।

बरु ती अपराधी महिला पुरुष जो भएपनि समाजमा ‘अपराधी’ हुन भनेर चिनाउन कुनै विकास निर्माणका काममा लगाउँदा फाइदा हुन्थ्यो होला। कैदी भनेर खाली पाल्नु भन्दा। चीनका कैदीहरु विश्वका मुलुकहरुमा काममा खटाइएका छन्। उनीहरुलाई सजाय पनि त्यही हो। जसले गर्दा देशमा अर्थ पनि भित्रिन्छ। निर्माण कार्यले पनि चाँडै फड्को मार्छ। यतातिर सोचे कस्तो होला ?

कतिपयले आफू तथा आफन्तको खूशीका लागि अनेक मागहरु पनि उठाउँछन्। कानूनले तोकेका नीतिलाई पनि संसोधन गराउन खोज्छन्। त्यो एकदम गलत बुझाइ हो।  हत्याका बदला हत्या, पिट्नेका बिरुद्ध हात काट्ने, बलात्कारीका बिरुद्ध लिंग काट्ने, गाली गर्नेका बिरुद्ध जिब्रो काट्ने जस्ता बदला लिने कानून चाहिएको हो भने त्यसले हामी र हाम्रो नेपाली समाज कति पछाडी पर्छ होला त्यो सोच्न जरुरी छ।

विश्वका शीर्ष देशहरु क्रमशः अमेरिका, दक्षिण अफ्रिका, स्वीडेन, भारत, क्यानडा, फ्रान्स, जर्मनी, क्यानडा, श्रीलंका, इथियोपिया गरी १० वटा देशहरुमा सबैभन्दा बढी बलात्कारका घटनाहरु बाहिरिने देश हुन्।  तर त्यी देशहरुमा पनि फाँसीको व्यवस्था छैन्। तिनीहरुलाई सुधार केन्द्रमा राखेर केही समयमा पुर्नः निर्माणमा लगाइने गरिन्छ। जसले गर्दा ती देशहरु विकास निर्माणमा अब्बल बन्दै आएका हुन्। त्यो सिकाई हामीले पनि सिक्ने की ?

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’