Posts

'नकुँदिएका हिरा'को गौरव

Image
भूमिराज पिठातोली वैशाख ८ , २०७८ मा न्युज कारोबार डटकममा प्रकाशित      कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वरमा रहेको ‘ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् , यी हातले सधैँ-सधैँ नेपाल लेख्न पाइयोस् ’ भन्ने गीत हरेक स्वाभिमानी नेपालीको कानमा गुञ्जिरहन्छ । गीतमा भनेजस्तै बिहान उठ्नेबित्तिकै हिमालको दर्शन गर्न पाइने नेपालजस्तो मुलुकहरु विश्वमा कमै होलान् । जहाँ बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्यले पनि हिमालकै छेउबाट स्वागत र बिदाई गर्छ । नेपालका केही सहरले त हिमालको काखमै रहेर हिमालकै मुस्कानसँग प्रिय अनूभूति गरिरहेका छन् । संसारकै अग्ला हिमचुलीहरुले पनि हरबखत मुस्कुराएरै स्वागत गरिरहन्छन् । हिमाली हावासँगै चियाको चुस्कीमा स्वर्णिम र अविश्मरणीय अनुभूति सँगाल्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु हिमालको फेदसम्म पुग्छन् । पोखराबाटै हेर्ने हो भने पनि सफा मौसममा त अन्नपूर्ण , माछापुच्छ्रे , धौलागिरी लगायतका हिमाल २४सै घण्टा मुस्कुराइरहन्छन् । बिहान , दिउँसो मात्रै नभई रातमा चन्द्रमाको प्रकाशले पनि हिमालहरु ‘ हिरा ’ झैँ टल्किरहन्छन् । यस्तै ‘ हिरा ’...

मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ

Image
  न्युज कारोबार डटकममा कार्तिक २३, २०७७मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मुलुककै अमूल्य सम्पदा बोकेको एउटा जिल्ला हो बझाङ । बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीय स्थलहरू छन्, जहाँ पुग्दा हरेक मानिस नयाँपन महसुस गर्छ । बझाङमा एउटा सानो टोल छ, कान्छीगाउँ, जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।  खप्तडछान्ना गाउँपालिका ५ मा पर्ने पिठातोलाले कान्छीगाउँको उपमा पाएको हो । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला 'बझाङभित्रको बझाङ'जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेका काठमाडौँबासी पुग्दा, घरैघर तथा टोलटोलमा मन्दिर देखेर हुनसक्छ, पिठातोलालाई ‘कान्छी गाउँ’को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।  मष्टामाडौँ  मष्टामाडौँ (मन्दिर) पिठातोलाबासीका कुल देउता हुन् । यो मन्दिरमा जुनबेला पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ-आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको २ पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा । खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने ब...

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

Image
न्युज कारोबार डटकममा असार ३, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । चिल्लो सडकमा दुई घण्टामै दिपायलबाट कैलाली पुगिनेछ भन्ने सुनेपछि दिपायलका नरेन्द्र खड्कालाई सपना जस्तै लाग्यो । ‘१२ वर्ष पहिलेको कुरा हो, साँझतिर एउटा होटलमा चिया खाइरहेका थियौँ । एक जनाले दिपायल– खुटिया– धनगढी सडक द्रुतमार्गको रुपमा बन्ने खबर सुनायो । असाध्यै खुसी भएर चिया–नास्ता थपेर खायौं,’ उनले सुनाए । उनलाई त्यो रात धेरै बेरसम्म निद्रा नै लागेन । ‘राति निद्रा नै नलागेर तस्बिर र भिडिओमा विदेशका सडक देखेजस्तै दिपायल– खुटिया सडक पनि आँखै वरिपरि घुमिरहे । राति कतिखेर निदाएछु पत्तै भएन,’ उनले भने । अहिले उनी त्यसबेला आँखै वरिपरि घुमेको सडकको तस्बिर थोरै पनि पत्याउँदैनन् ।  लामो समयसम्म पनि सडक नबनेपछि नेताहरुले चुनावी एजेन्डा बनाएर भोट तान्न भ्रम छरेको जस्तै लाग्छ उनलाई । ‘त्यसबेला पश्चिम सेती परियोजना जस्तै होला भन्ने पनि सोचेका थियौं । तर सडक र विद्युत् विषय नै फरक भएको हुँदा बन्छ होला नै लागेको थियो । विडम्बना एक दशक नाघेछ अत्तोपत्तो छैन । अब त बन्छ होला भन्ने विश्वास नै लाग्दैन,’ उनले भने । दिपायलबाट करिब ...

खप्तड : प्रकृतिको अनुपम संगम

Image
न्युज कारोबार डटकममा कार्तिक १२, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू-स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रुपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीविरंगी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ ।  वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरुको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले हुनसक्छ, पहिलो पटक खप्तड भ्रमण गर्नेहरु स्वर्गमा पुगेको प्रतिक्रिया दिने गर्छन् । खप्तडका विभिन्न स्थानका आ-आफ्नै महत्व र पौराणिकता छ । खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनभरका दुःखपीडा एक क्षणका लागि भए पनि बिर्सिन्छन् । खप्तडको ऐतिहासिकता  पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्व...

क्वारेन्टिनमा बसेकालाई किरासहितको बासी खाना

Image
वैशाख ७, २०७७ मा न्युज कारोबार डटकममा प्रकाशित समाचार भूमिराज पिठातोली काठमाडौं । गएको मंगलबार कैलालीको गोदावरी नगरपालिका ४ का दिनेश मल्ल दैनिक उपभोग्य सामान नेपालगन्ज पुर्याौएर कैलाली फर्कंदै थिए । बाटोमा बर्दियाको भूरीगाउँबाट अलपत्र परेका कैलालीका १० जनालाई देखे । गाडी अगाडि बढाउनै लाग्दा १० जना नै अगाडि आएर ट्रक रोके र आफूहरु अलपत्र भएको भन्दै कैलाली लैजान हारगुहार गरे । उनले पनि मानवीय समवेदना देखाउँदै सबैलाई ट्रकमा बोकेर कैलाली पुर्यापए ।  ना. ६ ख ५६६५ नम्बरको ट्रक चालक मल्लले मानवीय समवेदना देखाउँदै ट्रकबाट एक जना चौमाला र ९ जना धनगढी गरी सबैलाई उनीहरूले चाहेको ठाउँमा छोडे । धनगढी ल्याउँदा आफूले उद्धार गरेको भन्दै जो कोहीबाट ‘धन्यवाद’ पाउनुको सट्टा उल्टै प्रहरीले प्रक्राउ गरेर क्वारेन्टिनमा राखेको उनले गुनासो गरे । मल्लले भने, ‘मैले सोचेको पनि थिइन, कसैलाई सहयोग गर्दा पनि घात हुने रहेछ भनेर । गाडी बिग्रिएको थियो । तर पनि उनीहरुको पीडा सम्झेर छोड्न सकिएन । धनगढी ल्याउँदा उल्टै धोका पाइरहेको छु ।’  कोरोनाको आशंकाकै आधारमा आफूलाई क्वारेन्टिनमा राखेकोमा उनलाई पछुतो छैन । ‘तर...

पत्रकारितामै नैतिक संकट

Image
जेठ २७, २०७७ न्युज कारोबार डटकममा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । ‘आकर्षित गर्ने गरी रचिएका शीर्षक, सस्ता तस्बिरको प्रयोग, तथ्यभन्दा कथ्य बढी, उत्तेजक प्रस्तुति, ठूला अक्षर र परिचय नखुल्ने अज्ञात स्रोत’ भन्नेबित्तिकै युट्युबरको परिचय झल्किन्छ । भिडियो ब्लगिङ (भ्लग)बाट केही आयआर्जन हुन थालेपछि केही समययता राज्यको नियमनकारी संयन्त्रको छाताभन्दा बाहिर रहेका युट्युबरको बिगबिगी बढ्न थालेको छ । आफूलाई ‘पत्रकार’ हुँ भन्दै संविधानप्रदत्त गोपनीयता र पत्रकारिताको आचारसंहितासमेत उल्लंघन गर्दै जताततै देखिने यी युट्युबरका कारण अहिले समग्र आमसञ्चार क्षेत्रमाथि नै गम्भीर चुनौती सिर्जना हुँदैछ । एउटा प्रसंग : युट्युब खोल्नेबित्तिकै ट्रेनिङमै देखियो एउटा भिडियो । शीर्षक थियो, ‘तुरुन्तै हेर्नुहोस्, नवराजको हत्याबारे सनसनीपूर्ण खुलासा ।’ युट्युबमा त्यो भिडियो मात्रै होइन । करिब दर्जन अधिक भिडियोहरु च्यानलका युट्युब ट्रेनिङमा रुकुम काण्डसँगै सम्बन्धित थिए, फरक-फरक च्यानलका । अहिले कतिपय युट्युबरहरु घटनास्थलमै पलेटी कसिरहेका छन् । उनीहरु प्रशासनको अनुसन्धानमै चोट पुर्याुउने गरी त्यसलाई सम्प्रेषण गरिरह...

उखु कृषकमाथि पटक‑पटक बेइमानी, बोल्न चाहँदैन मन्त्रालय

Image
न्युज कारोबारमा फागुन ९, २०७६ मितिमा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । चिनी मिल सञ्चालक राजनीतिज्ञ र पहुँचवालाबाट आजित भएर काठमाडौं आएका उखु कृषकमाथि सरकारबाट पनि बेइमानी भएको छ । मिल सञ्चालकसँगै मिलेर सरकारले पनि पटक‑पटक बेइमानी गरेको भन्दै कृषक असन्तुष्ट बनेका छन् । सर्लाहीका मिल सञ्चालकहरुले मापदण्डअनुसार पैसा नदिएपछि निरन्तर आन्दोलनमा उत्रिएका किसानलाई पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ७ गतेभित्र पैसा फिर्ता गराउने भन्दै सम्झौता गराएको थियो ।  सरकारका तर्फबाट मन्त्रालयका प्रवक्ता र दिनेश भट्टराई र कृषकका तर्फबाट हरिश्याम रायको टोलीबीच पाँच बुँदे सम्झौता भएसँगै किसानले आन्दोलन स्थगित गरेका थिए । तर, सरकारसँग सम्झौता गरेको अन्तिम मिति सकिएको एक महिना बित्दा पनि किसानले भुक्तानी पाएका छैनन् । माघ १८ मा सम्झौता हुने बेलामा मन्त्री लेखराज भट्टले एक हप्तामै किसानको भुक्तानी असुल गराउने बताएका थिए । तर, उद्योगीहरुले एक हप्तामा पैसा नदिन नसक्ने भन्दै दुई हप्ताभन्दा बढीको समय माघ ७ सम्मका लागि तोकिएको थियो । मन्त्रीलाई साक्षी राखेर गरेको सम्झौताको मितिमै सबै रकम फ...