Posts

जनता आवास कार्यक्रमका १० वर्ष : ४ अर्ब ७० करोड खर्च, गरिब झुप्रोमै

Image
न्यूज काराेबारमा २०७६ पुस ४ मा प्रकाशित भूमिराज पिठातोली काठमाडाैं । सीमान्तकृत समुदायको अवस्था उकास्न तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सुरु गरेको ‘जनता आवास कार्यक्रम’ले एक दशकसम्म पनि पूर्णता पाएको छैन । गरिबलाई आवास दिने उद्देश्यले थालिएको कार्यक्रम संघीय सरकारले नै ८ वर्ष अलमलमा पार्‍यो । २०६६/६७ सालबाट सुरु भएको कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकारमा हस्तान्तरण भयो । केन्द्रमा सहरी विकास मन्त्रालयअन्तर्गतको आवास योजना प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्तान्तरण भएपछि पनि कामले अपेक्षित गति लिन सकेन । कछुवा गतिमा काम गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत कतै घर नै बनेका छैनन् भने कतै निर्माणाधीन छन् । कार्यक्रम सञ्चालन भएको १० वर्ष बितिसक्दा ४० प्रतिशत आवास पनि बनेका छैनन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत १० वर्षमा १० हजार ११ आवास मात्र निर्माण भएका छन् । सहरी विकास मन्त्रा...

साढे ३ दशकको समर्पण

Image
सफल आवाज डटकममा माघ २६ गते २०७८ मा प्रकाशित भूमिराज पिठाताेली काठमाडौं । २०६४ सालको वैशाख महिना । ८ कक्षामा भर्ना हुन कालुखेती गएँ । घरबाट नजिक पाटादेवल पर्ने हुँदा कालुखेती पढ्ने जाँगर नै चलेको थिएन । अघिल्लै दिनदेखि सामान्य ज्वरोसमेत आइरहेकोले बज्यैं (हजुरआमा) ले गंगमार सरलाई नाडी हेरिमाग्नु, भर्ना पनि हुनु भन्नुभएको थियो । बज्यैले जहिल्यै उहाँको नाम ‘गंगमार’ भन्नुहुन्थ्यो । घरमा कसैलाई सानो तिनो बिराम पर्दा उहाँकै नाम आउँथ्यो । ‘गंगमार सरलाई नाडी हेरिमाग्न पाए हुन्थ्यो,’ बज्यैले भनिरहनुहुन्थ्यो । मामा र दिदी भने उहाँको नाम ‘गंगमार’ होइन ‘गंगवार’ हो भन्दै झर्किन्थे । उहाँको असली नाम भने हामीले पढिसकुन्जेलसम्म पनि धेरै कमलाई मात्र थाहा थियो । सबैले ‘गंगवार सर’ भन्दै चिन्थे । मेरो बज्यै जस्तै गंगवार सरका हजारौं शुभचिन्तक थिए । ०६४ मा भर्ना हुन जाँदा उनी भेटिएनन् । अघिल्लो वर्षको वार्षिक परीक्षा सकेर बिदामा घर गएका रहेछन् । नाडी देखाउँन नपाउँदै मलाई सञ्चो भइसक्यो । बाटोमा ९ कक्षामा भर्ना हुन सँगै गएका साथीहरुले भन्थे, ‘गंगवार सरले त सुरुमा पढाउने, लेखाउने त्यसपछि नजाने भयंकर कुट्नुहुन्छ...

४६ वर्षदेखि बेसहारा बनेका माझीलाई 'सहारा'

Image
न्युज कारोबारमा जेठ ३०, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मानव सेवा आश्रममा प्रवेश गर्न गएको मंगलबार रामेछापका ६५ वर्षीय वृद्धलाई त्यति सजिलो भएन । नदी किनाराबाट मानव सेवा आश्रममा जाने भन्ने कुरा उनलाई थाहासमेत थिएन । त्यति मात्र होइन, उनले मानव सेवा आश्रमबारे सुनेका पनि रहेनछन् । जब अभियन्ता अमृत कार्कीको नजरमा परे तब उनी आश्रममा पुगे ।  कोरोनाको कहर फैलिएका बेलामा बेसहारालाई सहारा दिँदै आएका अभियन्ता कार्की आफ्नो दिनहुँ सेवामा गइरहेका बेलामा काठमाडौंको टंकेश्वरी पुलको मुनितिर भेटिए रामेछापका हिमाल माझी । ‘पुलको अर्को छेउबाट देख्दा मान्छे वा ढुंगा छुट्याउन सकिन,’ उनले भने, ‘जब नजिकै गए, त्यसपछि थाहा भयो माझीको अवस्थाबारे ।’  लकडाउनले गर्दा कतै जान नसक्ने अवस्था भएपछि माझीले अन्तिम विकल्प पुलमुनि नै रोजेका रहेछन् । ‘अन्तिम अवस्थामा ओत लाग्ने ठाउँ पुलमात्र देखेपछि त्यही रोज्नुभएको रहेछ,’ कार्कीले भने, ‘जति दिन बाँचिन्छ, यही ठाउँमा आश्रय लिएर बस्छु, भनेर आएको भन्ने कुरा हामीलाई सुनाउनुभयो । लकडाउन भएपछि मागेर खानलाई पनि कोही मान्छे भेटिएनन्, सबै आ-आफ्नो घरभित्र बसे । ...

कीर्तिमानी धावक कुलबहादुरको नियति : सयौं प्रमाणपत्र सिरानीमा, दुई छाकका लागि हारगुहार

Image
न्युज कारोबारमा जेठ २५, २०७७ मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । शुक्रबार बिहानै बाल सचेतना केन्द्रका उपसंयोजक अमृत कार्कीको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । सुतिरहेकै हुँदा लामो समय घण्टी बजेपछि मात्र उनले चाल पाए । निन्द्रामै फोन उठाए, 'हेल्लो' ! उनको ‘हेल्लो’ शब्द नटुंगिदै उताबाट, ‘सर नमस्कार । म अल्ट्राधावक कुलबहादुर शाही ।’  ‘मलिनो स्वरमा आफ्नो परिचय मात्र होइन समस्या पनि सुनाए । मलाई अचम्म लाग्यो र एकछिनमै फोन गर्ने भन्दै फोन राखेँ,’ कार्कीले भने । अल्ट्राधावकले खानेकुरा नभएर भोकै बस्नुपरेको सुनाउनेबित्तिकै उनलाई कसैले जिस्क्याइरहेको जस्तो महसुस भएको भइरहेको थियो । कार्कीले भने, ‘एउटा विश्व कीर्तिमान कायम गरेको मान्छे पनि भोकै हुने त कुरै भएन । सोचेँ, पूरै निन्द्रा खुल्यो । कल ब्याक गरेँ र उनको समस्या सुनेपछि आजित भएँ । सम्झेँ, राष्ट्रलाई विश्वमा चिनाउने कीर्तिमानीको त यस्तो हालत रहेछ भने, अरु सर्वसाधारणको त के कुरा गर्नु ।’  लकडाउनको बेलामा बेसहारा भएर वडा कार्यालयमा राहत माग्न जाँदा वडाध्यक्षले उल्टै अपमानित गरेपछि अल्ट्राधावक शाही सामाजिक अभियन्ताको सम्पर्कमा आएका...

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

Image
  मंसिर १२ , २०७८ मा न्युज कारोबारमा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मंगलबार बझाङका जनप्रतिनिधिको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । टोलीमा जनप्रतिनिधि मात्रै नभई जिल्लाका अगुवाहरु समेत थिए । बझाङमा आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीको धारणा ‘ पक्की ’ गराउन पीडाको पोको लिएर उनीहरु काठमाडौंमा जुटेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गरेको महिना दिनसम्म पनि राहत , पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कुनै सुनुवाई नभएको भन्दै जिल्लाका जनप्रतिनिधिहरु मागपत्रसहित प्रधानमन्त्रीलाई भेट्न आएका हुन् । बझाङमा गत कात्तिक २ गते बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले ३१ जनाको ज्यान लिनुको साथै अर्बौं मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएपछि कात्तिक ४ गते नै प्रधानमन्त्री देउवाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको प्रांगणमा डेढ घण्टा कुरेपछि मात्रै प्रधानमन्त्रीसँग बझाङका जनप्रतिनिधिको भेट भएको थियो । जिल्ला समन्वय समिति संयोजक सडकबहादुर खड्काले बझाङको क्षति विवरण संक्षेपमा सुनाएर मागपत्र बुझ...

‘हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ’

Image
  न्युज कारोबार डटकममा प्रकाशित मंसिर ७ , २०७८       भूमिराज पिठातोली काठमाडौं । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो स्थानीय तह हो , बझाङको साइपाल गाउँपालिका । करिब तीन हजार जनसंख्या भएको यस गाउँपालिकामा आयस्रोतको रुपमा जडिबुटी र पशुपालन मात्रै हो । तीन महिनालाई मात्रै पुग्ने गरी उब्जनी हुने साइपालमा बाँकी ९ महिनानै खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । साइपालमा वर्षे बालीमात्रै उत्पादन हुने गर्दछ । पाँच हजार मिटरको उचाईमा पर्ने साइपालमा जौं , गहुँ , फापर , कोदो , आलु उत्पादन हुन्छ । सदरमुकामबाट तीन दिन पैदल हिँडेर जानुपर्ने साइपालमा ढुवानी खर्च भने तेब्बर नै हुने गर्छ । खच्चडको ढुवानी प्रतिकेजी १५० रुपैयाँ र मान्छेले बोक्ने सामानको ढुवानी २५० रुपैयाँसम्म पर्छ । यसरी हेर्दा जिल्ला सदरमुकाम चैनपुरमा २० केजी चामलको एक हजार पाँच सय रुपैयाँ परे पनि साइपालसम्म मान्छेले ढुवानी गर्दा २० केजी चामलको ६ हजार पाँच सय रुपैयाँ पर्न जान्छ । खच्चडले बोक्दा पनि चार हजार रुपैयाँको हाराहारीमा पर्ने गरेको छ । वार्षिक पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने साइपालमा खाद...

नेपालमा जलविद्युतको अवस्था : विगत र वर्तमान

Image
मंसिर १८, २०७८ मा न्युज कारोबार डटकममा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । मुलुकमा विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रहरुमध्ये एउटा हो , जलविद्युत । धेरै सम्भावना बोकेको यस क्षेत्रबाट प्राप्त हुने लाभले नेपालको विकास निर्माणमा टेको लगाउँदै आएको छ । त्यति मात्रै नभई परियोजना निर्माणका प्रभावितलाई प्रत्यक्ष सहभागिता गराउन सेयर दिने अभ्याससमेत भइरहेको छ । विद्युतीय उर्जा सबैका लागि आधारभूत आवश्यकताको रुपमा स्थापित भइसकेपछि मुलुक पनि उज्यालो युगमा प्रवेश गरिसकेको छ । जलविद्युत उर्जा घरायसी , औद्योगिक तथा व्यवसायिक क्षेत्रमा स्वच्छ , ढुवानी तथा रुपान्तरण गर्न सहज हुने भएपछि संसारभर नै विद्युतीय उर्जा निर्विकल्प स्थापित भएको हो । नेपालमा विद्युत उत्पादन तथा व्यापारमार्फत मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्यअनुसार आयोजनाहरु थपिन थालेका हुन् । चुनौतीको चाङभित्र निर्माण भइरहेका जलविद्युत परियोजनाको यात्रामा पछिल्लो दुई वर्षयता कोरोना भाइरसको ढोका लागेको छ । संसारभर महामारीको रुपमा देखा परेको कोरोना भाइरसले हरेक क्षेत्रलाई शून्यताको स्थितिमा पुर्‍यायो । त्यसबाट जलविद्युत क्षेत्...