Posts

पत्रकारितामै नैतिक संकट

Image
जेठ २७, २०७७ न्युज कारोबार डटकममा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । ‘आकर्षित गर्ने गरी रचिएका शीर्षक, सस्ता तस्बिरको प्रयोग, तथ्यभन्दा कथ्य बढी, उत्तेजक प्रस्तुति, ठूला अक्षर र परिचय नखुल्ने अज्ञात स्रोत’ भन्नेबित्तिकै युट्युबरको परिचय झल्किन्छ । भिडियो ब्लगिङ (भ्लग)बाट केही आयआर्जन हुन थालेपछि केही समययता राज्यको नियमनकारी संयन्त्रको छाताभन्दा बाहिर रहेका युट्युबरको बिगबिगी बढ्न थालेको छ । आफूलाई ‘पत्रकार’ हुँ भन्दै संविधानप्रदत्त गोपनीयता र पत्रकारिताको आचारसंहितासमेत उल्लंघन गर्दै जताततै देखिने यी युट्युबरका कारण अहिले समग्र आमसञ्चार क्षेत्रमाथि नै गम्भीर चुनौती सिर्जना हुँदैछ । एउटा प्रसंग : युट्युब खोल्नेबित्तिकै ट्रेनिङमै देखियो एउटा भिडियो । शीर्षक थियो, ‘तुरुन्तै हेर्नुहोस्, नवराजको हत्याबारे सनसनीपूर्ण खुलासा ।’ युट्युबमा त्यो भिडियो मात्रै होइन । करिब दर्जन अधिक भिडियोहरु च्यानलका युट्युब ट्रेनिङमा रुकुम काण्डसँगै सम्बन्धित थिए, फरक-फरक च्यानलका । अहिले कतिपय युट्युबरहरु घटनास्थलमै पलेटी कसिरहेका छन् । उनीहरु प्रशासनको अनुसन्धानमै चोट पुर्याुउने गरी त्यसलाई सम्प्रेषण गरिरह...

उखु कृषकमाथि पटक‑पटक बेइमानी, बोल्न चाहँदैन मन्त्रालय

Image
न्युज कारोबारमा फागुन ९, २०७६ मितिमा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । चिनी मिल सञ्चालक राजनीतिज्ञ र पहुँचवालाबाट आजित भएर काठमाडौं आएका उखु कृषकमाथि सरकारबाट पनि बेइमानी भएको छ । मिल सञ्चालकसँगै मिलेर सरकारले पनि पटक‑पटक बेइमानी गरेको भन्दै कृषक असन्तुष्ट बनेका छन् । सर्लाहीका मिल सञ्चालकहरुले मापदण्डअनुसार पैसा नदिएपछि निरन्तर आन्दोलनमा उत्रिएका किसानलाई पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ७ गतेभित्र पैसा फिर्ता गराउने भन्दै सम्झौता गराएको थियो ।  सरकारका तर्फबाट मन्त्रालयका प्रवक्ता र दिनेश भट्टराई र कृषकका तर्फबाट हरिश्याम रायको टोलीबीच पाँच बुँदे सम्झौता भएसँगै किसानले आन्दोलन स्थगित गरेका थिए । तर, सरकारसँग सम्झौता गरेको अन्तिम मिति सकिएको एक महिना बित्दा पनि किसानले भुक्तानी पाएका छैनन् । माघ १८ मा सम्झौता हुने बेलामा मन्त्री लेखराज भट्टले एक हप्तामै किसानको भुक्तानी असुल गराउने बताएका थिए । तर, उद्योगीहरुले एक हप्तामा पैसा नदिन नसक्ने भन्दै दुई हप्ताभन्दा बढीको समय माघ ७ सम्मका लागि तोकिएको थियो । मन्त्रीलाई साक्षी राखेर गरेको सम्झौताको मितिमै सबै रकम फ...

विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ

Image
न्युज कारोबार डटकममा चैत १६, २०७६ मा प्रकाशित भूमिराज जोशी काठमाडौं । नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा रहेका कति नेपालीले ज्यान गुमाए भन्नेमा सरकारले अनभिज्ञता जनाएको छ । परराष्ट्र मन्त्रालयले कोरोनाभाइरसबाट विदेशमा रहेका नेपालीको अवस्थाबारे यकिन जानकारी नभएको  जनाएको हो । चीनको वुहानबाट डिसेम्बर ३१ देखि सुरू भएको कोरोनाभाइरसबाट विश्वभर ३० हजारभन्दा बढीको ज्यान गइसक्दा सरकार आफ्ना नागरिकबारे गम्भीर नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ ।  कोरोनाबाट विदेशमा कति नेपालीको ज्यान गयो, कति सिकिस्त छन् र कति सामान्य उपचारमा छन् भन्ने थाहा नपाउनुले सरकारको गम्भीर लापर्बाही दर्शाउने उनीहरूको आरोप छ । विदेशस्थित नेपाली कूटनीतिक निकायले सही तथ्य नराख्नु र परराष्ट्र मन्त्रालयसँग समन्वय नहुनुले सरकारको गैरजिम्मेवारी देखिन्छ । चीनको वुहानमा कोरोना फैलिएपछि त्यहाँ रहेका नेपालीलाई काठमाडौंमा ल्याउने बेलामा छुटेका नेपालीको अवस्थाबारे समेत परराष्ट्र बेखबर छ । डेढ महिना बित्दा पनि नागरिकको अवस्था जानकारी नलिएरै भगवानको भरोसा जस्तै ‘सञ्चै होलान्’ भन्ने गैरजिम्मेवार उ...

‘सूचना’को चक्करमा रन्थनिँदा

Image
चैत १९, २०७६ मा न्युज कारोबार डटकममा प्रकाशित  भूमिराज पिठातोली  काठमाडौं । कोरोनाको त्रास फैलिएको तीन महिनाभन्दा बढी भइसक्यो । विश्वभर कोरोना फैलिएपछि भारतसहित विभिन्न देशमा रहेका करिब ४० लाख नेपाली (वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदन २०७६ र नेपाल आप्रवासन प्रतिवेदन २०१९) को अवस्थाबारे नेपालमा चिन्ता बढ्नु स्वाभाविकै हो । त्यसकारण मैले भारतभन्दा पनि विशेषगरी खाडी र युरोपेली मुलुकमा भएका नेपालीको अवस्थाबारे रिपोर्टिङ गर्ने निधो गरेँ ।  सरकारको विदेश हेर्ने निकाय परराष्ट्र मन्त्रालयसँग सम्पर्क गर्न खोज्दा लामो समय कुर्नुपर्ने संकेत देखियो । सबै निकायमा एकजना पदाधिकारीलाई सूचना सम्प्रेषण गर्न सहज होस् भन्नका लागि प्रवक्ताको जिम्मेवारी दिइएको हुन्छ । परराष्ट्र मन्त्रालयमा सहसचिव भरतराज पौड्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । परराष्ट्रसँग सम्बन्धित जानकारीका लागि वेबसाइटमा पौड्यालको ल्यान्डलाइन र मोबाइल दुवै नम्बर उल्लेख छ । तर, उनीसँग सम्पर्क गर्न खोज्दा हप्ता दिन बित्यो । प्रायः उनले फोन नै उठाएनन् । अरु कर्मचारीले उठाउँदा ‘बाहिर जानुभएको छ’ भने । उनको ल्यान्डलाइन...

म डाक्टर बन्दिनँ !

Image
न्युज कारोबार डटकममा (चैत २९, २०७६) मा प्रकाशित भूमिराज पिठातोली काठमाडौं । अस्पतालको शैय्यामा स्लाइन चढाउन आएकी एक जना नर्सले सान्त्वना दिँदै भन्दै थिइन्, ‘उर्मिला ! तिमी ठूली भएपछि के बन्छ्यौ ?’ स्लाइन चढाउने बेलामा हात दुखे पनि फकाउन लागेको उर्मिलाले थाहा पाइसकेकी थिइन् । रिसाएजसरी भनिन्, ‘केही पनि बन्दैन ।’ उर्मिलाको मलिन स्वर सुनेपछि नर्स प्रतिप्रश्न गर्छिन्, ‘रिसाएकी तिमी ?’ शैय्यामा सँगै बसेकी उर्मिलाकी हजुरआमा बिस्नादेवीले ‘अब उर्मिला पनि डाक्टर बन्छे’ भनेपछि वल्लो पल्लो शैय्यामा कुरुवा बसेकाहरुले पनि ‘तिमीले डाक्टर बन्नुपर्छ उर्मिला’ भनेर हौस्याउँदै थिए ।  उर्मिलालाई कान्ति बाल अस्पतालको त्यो वार्डमा भएका कुरुवा र बिरामी बालबालिकाले राम्ररी चिनिसकेका थिए । सबैले ‘तिमीले डाक्टर बन्नुपर्छ’ भनेपछि उर्मिलाले भनिन्, ‘म बन्ने होइन डाक्टर !’ पल्लो शैय्यामा बसेका बिरामी बालकको कुरुवाले सोधे, ‘किन डाक्टर नबन्ने ?’ ‘यसोरी हात साइती हर्दा, नाइ मु बन्न्या हुँन’ बझाङी लवजमा (यसरी हातमा दुखाउँछन्, म त डाक्टर बन्दिनँ) ।  उर्मिलाको त्यो जवाफसँगै सबैले ‘बाठी छे’को संज्ञा दिए । तीन वर्...

यस्तो पनि क्वारेन्टिन !

Image
जेठ ७, २०७७ मा प्रकाशित न्युज कारोबार डटकममा भूमिराज पिठातोली काठमाडौं  । मंगलबार साँझतिर फेसबुकमा एउटा पोस्ट देखियो । हेमराज जोशीले आफ्नो टाइमलाइनमा गाउँले दाजुभाइको सहयोगमा सामान्य टहरा बनाएर बाहिरबाट आएकाहरुलाई त्यहीँ राख्ने व्यवस्था गरेको स्ट्याटस र तस्बिर पोस्ट गरेका रहेछन् । तस्बिर देख्नेबित्तिकै लाग्यो  मानिसहरु आफैँ यति संयमित छन् भने त्यसमा सरकारले थोरै मात्र सहजीकरण गरिदिए सबैको जीवन सुरक्षित हुन्थ्यो होला । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने मनसायले उनीहरु गाउँनजिकै टहरा बनाएर बसेका रहेछन् । सुरक्षित तरिकाले बस्नका लागि व्यवस्थित नभए पनि हेमराजलगायतले सानो टहरा बनाइदिएका रहेछन् ।  खप्तड छान्ना गाउँपालिका ५ पिठातोलाका हेमराजले छिमेकी काकाभाइ गाउँमा आउन लागेको खबर पाउनेबित्तिकै कोरोना महामारीका बेलामा सबै सुरक्षित रहनुपर्छ भनेर तत्कालका लागि वल्लोपल्लो घरबाट सामान जुटाउँदै टहरा बनाएको बताए । हेमराजले भने, ‘गाउँ पुग्नुभन्दा अगाडि काकाले हामी आउँदै छौं भनेर फोन गर्नुभएको थियो । बाटोमा भने कतै क्वारेन्टिन रहेनछ, एक ठ...

सुटुक्कै दिइयो ओम्नीलाई भन्सार छुट

Image
 न्युज कारोबार चैत २९, २०७६ मा प्रकाशित काठमाडौं । सरकारले मिडियामा एकथरि जानकारी दिएर ओम्नीसँगको सम्झौता कायमै राखी उसले आयात गरेका वस्तु भन्सार छुट दिएर भित्र्याउने निर्णय गरेको पाइएको छ । सरकारले विवादास्पद ओम्नी बिजनेस बिजनेस कर्पोरेट इन्टरनेसल (ओबीसीआई)सँग सुटुक्क सम्झौता गरी चीनबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेपछि व्यापक विवाद भएको थियो । सरकारले ओम्नीबाट कोटेशन मूल्यभन्दा २० प्रतिशत बढीमा सामान किन्ने सम्झौता गरिएको खुलासा भएपछि भएपछि चैत १९ गते स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा ओम्नीसँगको सम्झौता खारेज भएको बताएका थिए ।  महानिर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा ओम्नीको ५ करोड रुपैयाँ धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताए पनि त्यसको पाँच दिनपछि सरकारले ओम्नीमार्फत आयात भएको सामानमा सतप्रतिशत भन्सार छुट दिने निर्णय गरेको पाइएको हो । ‘कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने अमेरिकी डल १ करत्तड ३ लाख ३८ हजार ४८८ (करिब १ अर्ब २४...